चौतर्फी दबावपछि सिटीलाई लगाएको निर्णायबाट पछि हट्यो ट्राफिक

author
0 minutes, 0 seconds Read

जिल्ला ट्राफिक प्रहरीले कार्यालय मोरङले विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी चलाउन लगाएको रोक गर्ने निर्णाय चौतर्फी दबावपछि फिर्ता लिएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङमा शनिबार बसेको सर्बपक्षीय बैठकपछि मुख्य राजमार्गमा सिटी सफारी चलाउन लगाएको रोक फिर्ता लिएको हो ।
सिटी सफारीलाई व्यवस्थित र सवारी आवागमनलाई चुस्त दुरुस्त राख्नको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र महानगरपालिकासँगको सहकार्यमा भदौ १३ गते बसेको बैठकले बिहीबारदेखि राजगामार्गमा सिटी चालउने रोक लगाएको थियो । राजमार्गमा सिटी चलाउन रोक लगाउने भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बिहीबारदेखि रानीदेखि ढाडसम्म मुख्य राजमार्गमा सिटी चलाउन रोक गरेको थियो । त्यसपछि सिटी सवारी चालकहरुले विराटनगरको बरगाछीमा सिटी सडकमा राखेर शुक्रबार विरोध जनाएका थिए । उनीहरुले विरोध प्रर्दशनले शुक्रबार झण्डै एक घण्टा बढी राजमार्गमा सवारी साधनको आवगमन ठप्प भएको थियो । त्यसपछि शनिबार लागि छलफल जिल्ला प्रशासन कार्यालयमा बोलाएको थियो ।
बैठकले राजमार्गको एक साइटबाट सिटी सफारि चलाउन दिने सहमति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सुमन न्यौपानेले बताए ।
विराटनगरमा अहिले ८ हजार भन्दा बढी सिटी सफारी चल्दै आएका छन् । तर विराटनगर महानगरपालिकामा भने करिब दुई हजार सिटी सफारी दर्ता भएको उल्लेख गरिएको छ । न्यूज विराटबाट

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *