दाहाल–नेपाल समूह लाई ठुलो झट्का

author
0 minutes, 2 seconds Read

http://biratonlinenews.com

 

प्रदेश–१ नेकपामा प्रचण्ड–माधव नेपाल समुहलाई शनिवार ठुलो झट्का लागेको छ । नेकपा संसदीय दलका उपनेता टंक आङबोहाङले नेकपा (दाहाल–नेपाल समूह)मा आफू नरहेको घोषणा गरेका छन् ।

दाहाल–नेपाल समूहको केन्द्रीय सदस्यसमेत रहेका उनि सो समुहको व्यवहारबाट दिक्क भएको बताएका छन् । ‘सौतेनीको रिसले श्रीमानको काख भिजाउने काम प्रचण्ड र माधव कामरेडले गर्नु भयो,’ आङबोहाङले टेलिफोनमा भने, ‘एउटा कम्यूनिष्ट प्रधानमन्त्रीलाई फ्याकेर कांग्रेसका नेता शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरा हुन सक्दैन् ।’

उहाले अहिलेपनि पार्टी एक हुनु पर्छ भन्‍ने कुरामा आफू अडिक रहेको बताउनु भयो । ‘तर पार्टी फुट्यो भने ओली र शेरबहादुर देउवा मध्ये एकलाई राज्‍नुपर्ने हुन्छ । त्यस बेला म ओली नै रोज्छु ।’

उहा तत्कालीन माओवादीको तर्फबाट ताप्लेजुङबाट प्रदेशसभामा निर्वाचित हुनु भएको थियो । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्‍वासको प्रस्ताव दर्ता गराउन प्रमुख भूमिका आङबोहाङले खेल्नु भएको थियो । तर, अहिले आएर उहाले सो समुहमै नरहेको घोषणा गर्नुभएको हो ।news from birat news

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *