रोजगारीका लागि भारतका विभिन्न ठाउँमा रहेका नेपालीहरू दसैं–तिहार मनाउन घर फर्किन थालेपछि केही दिनयता सीमानाका बेलहियामा घुइँचो बढेको छ। इलाका प्रहरी कार्यालय, बेलहियाका अनुसार भारतमा रहेका नेपालीहरू घर फर्कने क्रम दैनिक बढ्दो छ। सीमावर्ती भारतीय बजार सुनौलीबाट बिहानैदेखि नेपालीको लर्को लाग्ने गरेको छ। भारतको गोरखपुर र नौतनहवासम्म रेलयात्रा गरेर आएकाहरू सुनौलीबाट बेलहियासम्म रिक्सामा आउँछन्। कोही […]
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते विश्वासको मत लिँदैछन्। यस्तो छ अंकगणित ९३ सांसद रहेको काशी प्रदेशसभामा बहुमत पुर्याउन ४७ सदस्य चाहिन्छ । एमालेको उपसभामुखसहित ४०, काँग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकिकृत समाजवादी) को ४ र जनता समाजवादीको १ जना सांससद रहेका छन् । नियुक्त भएको ३० दिनभित्र विश्वासको […]
१७ असोज, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश अधिवेशनको निर्वाचनको निष्पक्षतामा प्रश्न उठाएका छन् । बुधबार निर्वाचित पदाधिकारी तथा सदस्यको सपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचन निष्पक्ष नभएको सूचना पाएको बताएका हुन् । ‘यहाँ निर्वाचन आयोगले गरेका काम कारवाहीहरु टिप्पणी योग्य र आलोच्य भए, जस्तो हुनुपथ्र्याे त्यस्तो हुन सकेन, आगामी […]
विराटनगर । कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न मिलेर जानुपर्ने दलका नेताहरुले बताएका छन् । बुधबार सुरु प्रदेशसभाको चौथो अधिवेशनमा बोल्दै दलका नेताहरुले यस्तो बताएका हुन् । संविधानको धारा १६८ को ३ अनुसार ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियूक्त भएका हिक्मतकुमार कार्कीले २० असोजमा विश्वासको मत लिने तयारी गरेका छन् । तर, उनले तत्कालै विश्वासको मत पाउने […]
विराटनगर । दुईवर्ष अगाडीसम्म विराटनगरका रबि गुप्ता कपडाको व्यापार गर्थे । उनी कपडा खरिद गर्ने र पसलबाट बिक्री गर्दै आएका थिए । उनको यो व्यापारिक दैनिकी अहिले एकाएक उद्योगीको रुपमा फेरिएको छ । विराटनगर–६ मा आरोहण इन्टरप्राइजेज नामको गार्मेन्ट उद्योग चलाई रहेका गुप्ताले २२ जनालाई रोजगारी दिईरहेका छन् । आफ्नो सामान उत्पादन गरेर बिक्री […]
भोजपुर । भोजपुरका चन्दबहादुर तामाङले डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नरहेको उहाँको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा खम्बुखाका ७० वर्षीय तामाङले ४० वर्षअघिबाट डोका बुनेर बिक्री गर्दै आएको बताउनुभयो । एकदिनमा आठदेखि दश ओटासम्म डोका तयार गर्ने उहाँको भनाइ छ […]
संविधान दिवसकाे हार्दिक शुभकामना, आज असाेज ३, संघीय लाेकतान्त्रिक गणतान्त्रिक मुलुक नेपालकाे संविधान जारी भएकाे दिन !! नेपाली समाजकाे राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक रूपान्तरण गर्दै समाजवादतर्फ उन्मुख हुनकाे लागि सबैमा प्ररेणा मिलाेस् संविधान दिवसकाे अवसरमा यहि शुभकामना व्यक्त गर्दछु !! #KPOli #RabiLamichhane #nepal #nationalholiday #psfirst Share this… Facebook Pinterest Twitter Linkedin
२० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्क नेम्वाङले पार्टीको प्रदेश संरचना खारेज गर्न माग गरेका छन् । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको पार्टीको केन्द्रीय समिति बैठकमा शनिबार उनले प्रदेशभित्रका कुनैपनि निर्णय प्रक्रियामा प्रदेश समितिलाई सहभागी नगराइएको भन्दै खारेज गर्न आग्रह गरेका हुन् । प्रदेश कमिटीले सिफारिस गरेका निर्णयहरु पनि […]
विराटनगर । विराटनगर ८ मधुमारास्थित नमुना विद्या मन्दिरले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण दिएको छ । विद्या मन्दिरले शुक्रबार कार्यक्रम आयोजना गरी कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण गराएको हो । विस २०५० सालमा स्थापित विद्या मन्दिरले शैक्षिक सत्र २०८०-८१ बाट प्लस टु तर्फ व्यवस्थापन(म्यानेजमेन्ट)को कक्षा संचालन गरेको छ। नमुना विद्या मन्दिरका प्रिन्सिपल […]