ओजोन तहको संरक्षण गर्न शिक्षादीपमा निबन्ध प्रतियोगिता

author
0 minutes, 0 seconds Read

विराटनगरस्थित शिक्षादीप कलेजमा विज्ञान सङ्काय अध्ययनरत विद्यार्थीहरूको लागि निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।

ओजोन तह विनाश र यसको संरक्षणका उपायहरू सम्बन्धी निबन्ध प्रतियोगिता कलेज परिसरमा सोमबार आयोजना गरिएको हो ।

प्रतियोगितामा विज्ञान सङ्कायमा अध्ययनरत कक्षा ११ र १२ का ८० जना विद्यार्थीहरूले भाग लिएको कलेजका प्रिन्सिपल ज्ञान बहादुर खड्काले जानकारी दिए । विज्ञान सङ्काय अध्ययन गर्दै आएका विद्यार्थीहरूले कलेजको कक्षा कोठामा निश्चित समय सीमा भित्रमा ओजोन तह विनाश र यसको संरक्षणका उपायहरूको बारेमा निबन्ध लेख्नेछन् । प्रतियोगितामा भाग लिएका मध्ये उत्कृष्ट हुने विद्यार्थीलाई कलेजले पुरस्कृत गर्ने निबन्ध प्रतियोगिताको संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए । उत्कृष्ट हुने विद्यार्थीहरूलाई कलेजले विज्ञान दिवसको दिन भव्य कार्यक्रम आयोजना गरी पुरस्कृत गर्ने विज्ञान सङ्काय संयोजक नवीन कुमार रायले बताए ।

विद्यार्थीहरूमा भएको प्रतिभा उजार गर्दै विद्यार्थीलाई अध्ययनशीलसँगै निबन्ध लेख्न उत्प्रेरणा जोगाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको कलेजका प्रिन्सिपल खड्काले बताए । ओजोन तह संरक्षण गर्न सबैभन्दा प्रभावकारी उपाय यसबाट पर्ने नकारात्मक असरहरुको बारेमा विश्व समुदायमा चेतना जगाउनु पर्ने उनले बताए ।

गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको शिक्षादीप कलेजमा अध्ययनबाहेक अतिरिक्त क्रियाकलापहरूमा पनि जोड दिँदै आएको छ । यसरी अतिरिक्त क्रियाकलाप गर्नुले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुने कलेजका निर्देशक भूपेन्द्र कुमार दाहालले बताए । न्यूज विराटबाट

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *