ताल्चा लगाएको घरभित्र महिला मृ’त फेला

author
0 minutes, 0 seconds Read

रूकुम पश्चिममा बाहिरबाट ताल्चा लगाएको घरभित्र एक जना महिला मृत फेला परेकी छन्।रूकुम पश्चिममा बाहिरबाट ताल्चा लगाएको घरभित्र एक जना महिला मृत फेला परेकी छन्। मुसिकोट नगरपालिका-१ सल्लेकी ५१ वर्षीया हस्तकली बुढाथोकी गएराति मृत फेला परेकी हुन्। nजिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बाहिरबाट ताल्चा लगाएको आफ्नै घरभित्र बुढाथोकी मृत अवस्थामा फेला परेको बताए। उनका अनुसार घटना शंकास्पद छ।

मृतक बुढाथोकीका एक जना छोरा जापानमा र एक जना बाँकेको नेपालगंजमा बस्ने हुँदा उनी घरमा एक्लै बस्दै आएकी थिइन्। उनका श्रीमानले केही वर्ष पहिले आत्महत्या गरेको भन्ने खुलेको डिएसपी भट्टराईले बताए। घटनाको अनुसन्धानका लागि प्रहरीले बाँकेको कोहलपुरबाट तालिमप्राप्त कुकुर झिकाएको छ। उक्त तालिम प्राप्त कुकुर आइनसकेकोले घटनास्थललाई गएरातिदेखि नै सुरक्षित राखिएको डिएसपी भट्टराईले बताए।

प्रहरीले घटनास्थलमा केही नचलाएको उनले बताए। ‘कानबाट रगत आएको देखिन्छ,’ उनले भने, ‘कानको सुन, गलामा लगाएको पोते र हातको सुनको औंठीहरू लगाएको देखिएको छ। तर हालसम्म बुढाथोकीले प्रयोग गर्ने मोबाइल फेला परेको छैन।’

उनका अनुसार दाङको तुलसीपुरबाट शुक्रबार साँझ बुढाथोकीकी भदैनी आएकी थिइन्। भदैनीले मृतक बुढाथोकीलाई पटकपटक फोन गरेकी थिइन् । तर फोन नउठाएपछि उनले नजिकै रहेका काका नाता पर्नेलाई बोलाएकी थिइन्। उनीहरूले ढोका फोडेर घरभित्र हेर्दा बुढाथोकी मृत फेला परेको डिएसपी भट्टराईले बताए। त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।

बाहिरबाट ताल्चा लगाएको रहेछ,’ भट्टराईले भने, ‘उनीहरूले ढोका फोडेर भित्र हेर्दा बुढाथोकीलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको भन्ने छ ।’ शुक्रबार राति करिब सवा दश बजेतिर सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। सेतोपाटी

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *