सामुदायिक विद्यालयलाई मर्च गर्नुको विकल्प छैन : मेयर

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयलाई मर्च गरिने बताएका छन् । विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि योजनाबद्ध रुपमा कार्य गरिरहेको बताउँदै उनले अब पनि सुधार नभए मर्चमा लानुको विकल्प नभएको बताएका हुन् । वृहत राष्ट्रिय शिक्षा अभियान नेपालको प्राविधिक सहयोगमा विराटनगर महानगरपालिका वडा नम्बर ४ ले आयोजना गरेको वडा क्षेत्रभित्र सञ्चालित […]

सप्तकोशी नदीको सबै ढोका खोलियो, आसपास सतर्क आग्रह।

सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ ढोका खुला गरिएको छ। बिहान ९ बजेको मापनअनुसार सप्तकोसीको पानीको बहाव ३ लाख ६८ हजार ६८० क्युसेक प्रतिसेकेण्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ। कोशी ब्यारेजमा अहिले खतराको संकेतकाे रातो बत्ती बालिएको छ। कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्नेबित्तिकै सर्वसाधारणलाई सचेत गर्नका […]

स्पेस स्टेशनमा चीनले कवच लगायो

एउटा रुसी स्याटेलाइट गतहप्ता अन्तरिक्षमा विस्फोट भयो । उक्त स्याटेलाइट विस्फोटमा १०० भन्दा धेरै टुक्राहरु यत्रतत्र छरिए। ती टुक्राहरु तिव्र गतिमा चीनको स्पेस स्टेशनतर्फ आइरहेका थिए। जसका कारण चीनले साढे ६घण्टा लगाएर आफ्नो स्पेस स्टेशनको चारैतर्फ कवच लगाइदिएको छ ताकि स्याटेलाइटका टुक्राहरुले कुनै क्षति नपुर्‍याओस् । अन्तरिक्ष विज्ञानमा यो पहिलो पटक भएको हो, जब स्पेस […]

आ व ०८१ ८२मा पनि आर्थीक बेथिती हटेन बजेटमा सुधार छैन : कांग्रेस

 प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रवक्ता समेत रहेका पूर्वअर्थमन्त्री प्रकाशशरण महतले बजेटमा कुनै सुधारका कार्यक्रम नरहेको र यसले बजेटको बेथितीलाई नरोक्ने बताएका छन् । अर्थमन्त्री वर्षमान पुनले बजेट पेश गरेपछि संसद् भवनमा सञ्चारमाध्यमहरूलाई प्रतिक्रिया दिँदै पूर्थअर्थमन्त्री महतले ठूलो आकारको बजेट बनाउने कुरामा ब्रेक लागेपनि यो बजेट वास्तविकता भन्दा माथि रहेको बताए ।’दशक लामो नै सुधार गर्ने […]

अनौठो प्रतिस्पर्धा

तनहुँको दमौलीस्थित बुल्दीखोलामा आज आयोजित बृहत् सरसफाइ अभियानमा नेपाली सेनाको टोलीले एक हजार केजीभन्दा बढी फोहर सङ्कलन गरी प्रथम भएको छ । युवा अभियन्ता सुदीप गफ्फारको सक्रियतामा सञ्चालित सरसफाइ अभियानमा धेरै फोहर सङ्कलन गर्ने व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) लाई पुरस्कृत गरियो । व्यास नगरपालिका–१ करङकाठदेखि व्यास नगरपालिका–३ सेतीबुल्दी दोभानसम्म भएको सरसफाइ अभियानमा सेनाले […]

म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान

म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क– खोलाखर्क–सिसर्का–तल्लोमेला–उपल्लोमेला–आलेखर्क– नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका हुन् । क्लबका उपाध्यक्ष टीका पुनका अनुसार चिमखोलाबाट समुद्री सतहबाट तीन हजार आठ सय ४० मिटर उचाइको सोवाङ धुरी पुग्ने पदमार्ग पहिचान गरिएको हो । ‘गोठालाहरूले लेकबेँसी गर्न […]

वैजनाथपुरमा राष्ट्रिय गौरवको आयोजना सुविधा सम्पन्न रंगशाला निर्माणपछि विराटनगरमा आर्थिक गतिविधि बढ्ने

विराटनगर । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत विराटनगर-१९ वैजनाथपुरमा सुविधा सम्पन्न रंगशाला  निर्माण हुने भएको छ ।रंगशाला निर्माणपछि विराटनगरमा आर्थिक गतिविधि बढ्ने मेयर नागेश कोइृरालाले बताएका छन् ।उनले सो रंगशालामा नेपाल र भारतबीच प्रतियोगिता भएमा ठूलो संख्यामा भारतीय दर्शकसमेत आउने बताए । “सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गरेको विराटनगर-१९ को रंगशाला निर्माणपछि यहाँ अन्तर्राष्ट्रियस्तरका ठूला प्रतियोगिता […]

कांग्रेसको संसदीय बोर्डले राष्ट्रिय सभा निर्वाचनका लागि संस्थापनका सात र संस्थापनइतरका तीन गरी १० जना उम्मेदवार टुंगो लगाएको छ ।

राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार छनोटमा नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि ६ बुँदे विमति राखेका छन् । कांग्रेसको संसदीय बोर्डले राष्ट्रिय सभा निर्वाचनका लागि संस्थापनका सात र संस्थापनइतरका तीन गरी १० जना उम्मेदवार टुंगो लगाएको छ ।यो विषयमा संसदीय बोर्डको बैठकमा महामन्त्री शर्माले आफ्ना विमति मौखिक रुपमा राखेका हुन् । अर्का महामन्त्री गगन थापाले भने लिखित रुपमा […]

महानगर क्षेत्रभित्र क्रिसमस ट्री राख्न निषेध

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका क्रिसमस ट्री राख्न निषेध गरेको छ। प्लास्टिकका क्रिसमस ट्री सजावट गरे वा बिक्रीवितरण गरेको पाए जफत गर्ने महानगर प्रहरीले जनाएको छ। विभिन्न सपिङ मलले प्लास्टिकका क्रिसमस ट्री राखेर सजावट गर्न थालेपछि महानगरले यस्तो नियम ल्याएको हो। बिहीबार महानगर प्रहरीले भाटभटेनीमा सजावट गरिरहेको प्लास्टिकको क्रिसमस ट्री हटाएको छ। महानगरले प्लास्टिकका फूलमाला […]

दुर्गा प्रसाईंसँग किन भिडिरहेको छ एमाले ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका जनसंगठनहरू र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ले मंसिर ७ गते काठमाडौंमा एकै साथ प्रदर्शन गरे ।  प्रशासनको मिहिनेतपूर्ण प्रयासका बावजुद पनि दुवै पक्ष बिहीबार नै प्रदर्शन गरिछाड्ने अडानमा देखिए । छलफल, बहस र विचार मन्थनबाट संविधान र संघीयताको संरक्षण गर्ने होइन कि हिजो पञ्चायत […]