प्रकृति र वातावरण शिक्षा अाजकाे अावश्यकता

author
0 minutes, 0 seconds Read

हाम्रो सोच विचार वातावरणमा निर्भर गर्दछ । मानिसको स्वास्थ सन्तुष्टि र सोचका लागि वातावरण स्वच्छ हुन अत्यन्त आवश्यक पर्दछ । जीवनमा महानतम विचारको स्रोत उपयुक्त वातावरण हो । सर्व विकास हुन शारीरिक मानसिक र सामाजिक विकास हुन आवश्यक पर्दछ । यसलाई स्वस्थ भन्न सकिन्छ । यसको लागि वातावरण स्वच्छ र स्वस्थ हुन अत्यन्त आवश्यक पर्दछ । स्वच्छ विचारबाट स्वस्थ शरीरको निर्माण हुन सक्छ अनी स्वस्थ शरीर र असल विचारबाटै अपेक्षित सन्तुष्टि प्राप्त गर्न सकिन्छ ।

वैज्ञानिक चमत्कार र मानवीय उन्नतिभित्र प्रकृतिको विनाश समेटिनु हुँदैन । यि दुवै फरक फरक विषय हुन् । कहिले पनि वैज्ञानिक चमत्कारले प्रकृतिको विनाश गर्नु भनेको छैन । विज्ञानको चमत्कार र मान्छेका उन्नतीको सार प्रकृतिभित्र रहेको छ । विज्ञानले एक पछि अर्काे चमत्कार गर्दै गइरहेको छ । त्यसले मानवीय उन्नति गरिरहेको देखिन्छ । आज मानवीय जीवनलाई सहज, सुविधायुक्त, छिटो, छरिदो बनाउने वैज्ञानिक चमत्कार हो । बढ्दो जनसंख्या, अव्यवस्थित संरचना, जथाभावी प्राकृतिक स्रोत साधनको प्रयोग, दुरुपयोग आदिले प्रकृतिको विनाश हुँदै गइरहेको छ । सबैले दीर्घकालीन सोच बनाएर प्रकृतिको विनास रोक्नुपर्दछ ।

प्रकृति, वातावरण र मानिस भन्दा फरक सुनिए पनि यि एक हुन् । यिनीहरु एक अर्कासँग अन्योन्याश्रित सम्बन्ध राख्दछन् । प्रकृति, वातावरण र मानिसको भिन्नाभिन्नै व्याख्या, सोच विकास सम्भव छैन यसले प्रकृतिमै असन्तुलन कायम गर्दछ । मानिस चेतनशील प्राणी भएकोले प्रकृति र वातावरण वीच सन्तुलन कायम राख्न अग्रसर हुनुपर्दछ । वातावरण सुरक्षित बनाइ प्रकृतिमा सन्तुलन कायम राख्नु नै मानिस स्वयं संकटमुक्त हुनु हो ।

मानिसले प्राकृतिक स्रोतको विवेकपूर्ण प्रयोग नगर्दा वातावरणमा विकृति र विसङ्गति देखिने ।
प्राकृतिक सौन्दर्य नासिने, भू–क्षय, बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि जस्ता समस्या भोग्नुपर्ने,
उत्पादन घट्ने, पानीका स्रोतहरु सुक्ने र मानिस संकटमा पर्ने,   प्राकृतिक स्वच्छताका लागि मानिसले प्रयत्न गर्नुपर्ने । मानिस जिम्मेवार बन्नुपर्छ मानिसले प्राकृतिक स्रोतको विवेकपूर्ण प्रयोग नगर्दा वातावरणमा विकृति र विसंगति देखिइ सौन्दर्य नासिने, भूक्षय, बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि जस्ता समस्याहरु भोग्नुपर्ने हुन्छ । स्वस्छताका लागि मानिसले नै प्रयत्न गर्नुपर्ने देखिन्छ ।

प्राकृतिक सम्पदालाई जोगाइ राखेमा वातावरणको संरक्षण हुन्छ । अविवेक ढंगले प्राकृतिक स्रोतको उपयोग तथा दुरुपयोग गर्दा मानिस संकटको भूमरीमा फस्छ । मानिसले विकास, उन्नति, आविश्कार, रचना÷सिर्जनाको रुपमा कल्पनालाई साकार पार्छ । अविवेक ढंगले प्राकृतिक स्रोतको उपयोग तथा दुरुपयोग गर्दा प्राकृतिक स्रोतमा विकृति आउँछ । वातावरण शब्दले मूल रुपमा पृथ्वी वरिपरिको हावापानी, वनस्पती आदिलाई जनाउँछ । वनजङ्गल, नदी, हिमाल, पहाड, खनिज आदिलाई सन्तुलित ढङ्गले उपयोग गर्नुपर्छ ।  मानवीय क्रियाकलाप वातावरणको संरक्षणमा केन्द्रित हुनुपर्छ ।  प्राकृतिक स्रोतको सही तरिकाले लामो समयसम्मको लागि सोची प्रयोग गरे वातावरणको रक्षा गर्न सक्छ ।  वातावरण विनाश भए मानिसको अस्तित्व सङ्कटमा पर्छ । कक्षा ८ नेपाली

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *