आ व ०८१ ८२मा पनि आर्थीक बेथिती हटेन बजेटमा सुधार छैन : कांग्रेस

author
0 minutes, 4 seconds Read

 प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रवक्ता समेत रहेका पूर्वअर्थमन्त्री प्रकाशशरण महतले बजेटमा कुनै सुधारका कार्यक्रम नरहेको र यसले बजेटको बेथितीलाई नरोक्ने बताएका छन् ।

अर्थमन्त्री वर्षमान पुनले बजेट पेश गरेपछि संसद् भवनमा सञ्चारमाध्यमहरूलाई प्रतिक्रिया दिँदै पूर्थअर्थमन्त्री महतले ठूलो आकारको बजेट बनाउने कुरामा ब्रेक लागेपनि यो बजेट वास्तविकता भन्दा माथि रहेको बताए ।’दशक लामो नै सुधार गर्ने भन्नु भएको छ । तर त्यो सुधार्ने कार्यक्रम छैन । बजेट कनिका छर्ने प्रबृत्तिका छ । यसले गर्दा ठूला आयोजना सम्पन्न हुने कुरामा शंका छ’ पूर्वअर्थमन्त्री महतले भने,’सुधारको बाटोमा जाने भन्नुभएको छ । तर सुधार कहाँ गर्ने भन्नुभएको छैन ।’उनले अहिले बजेटका धेरै विषयहरू प्रस्तुत नभएको उल्लेख गर्दै पूर्ण पाठ आएपछि मात्र यसमा थप भन्न सकिने बताए ।

उनले स्याउ, आलु र प्याजमा लगाएको भ्याट हटाउने कुरा ठिक नभएको बताए । त्यसरी हटाउँदा आन्तरिक व्यापारीलाई कुनै सहयोग नहुने दाबी गरे । ‘व्यापारीहरूको सेटिङको प्रभावमा त्यसलाई मद्दत हुनेगरी भ्याट हटाइएको छ’ उनले भने ।

‘विनियोजनमा प्राथमिकताको कुरा गर्नुभएको छैन । आफ्ना समर्थकका हकमा कता कहाँ के गर्नुभएको छ ख्याल गर्नुपर्छ’ उनले भने,’धेरै विषयवस्तु छुने कोसिस गरिएको छ, परिणाम आउने देखेको छैन । बजेटरी अनुसासनलाई अवरुद्ध पार्नु भएको छ । यो बजेटले जे बोलेको छ, त्यो पुरा हुन्न । बजेटमा देखिएको बेथितीको कार्ययोजना अघि बढाउने देखिन्न ।’   news from kantipur

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *