स्पेस स्टेशनमा चीनले कवच लगायो

author
0 minutes, 1 second Read

एउटा रुसी स्याटेलाइट गतहप्ता अन्तरिक्षमा विस्फोट भयो । उक्त स्याटेलाइट विस्फोटमा १०० भन्दा धेरै टुक्राहरु यत्रतत्र छरिए।

ती टुक्राहरु तिव्र गतिमा चीनको स्पेस स्टेशनतर्फ आइरहेका थिए। जसका कारण चीनले साढे ६घण्टा लगाएर आफ्नो स्पेस स्टेशनको चारैतर्फ कवच लगाइदिएको छ ताकि स्याटेलाइटका टुक्राहरुले कुनै क्षति नपुर्‍याओस् ।

अन्तरिक्ष विज्ञानमा यो पहिलो पटक भएको हो, जब स्पेस स्टेशनको बाहिर हिस्सामा यस्तो खालको कवच लगाइयो ।

चीनको सेन्झोउ १८ मिसनका दुईजना अन्तरिक्षयात्रीहरुले स्पेस स्टेशनमा कवच लगाउने काम गरेका हुन् । यसक्रममा अन्तरिक्षयात्रीहरुले ६ घण्टासम्म स्पेस स्टेशनको चारैतर्फ स्पेसवाक गरेका थिए।

चाइना एरोस्पेस साइन्स एण्ड टेक्नोलेजी कर्पोरेसनका वैज्ञानिक लियु मिंग भन्छन्- स्पेस वाकको पहिलो काम नै यहीं थियो कि हामीले स्पेस स्टेशनको चारैतर्फ सुरक्षा उपकरण लगाउन सकौं ताकि केवल तथा पाइपलाइनहरु सुरक्षित होउन्।

अमेरिकी स्पेस कमान्डका अनुसार जून २६ का दिन रुसको पूरानो तथा बिग्रिएर काम नलाग्ने भएको अर्थ अब्जरभेसन स्याटेलाइट च्भकगचक(एज्ञ कक्षमै विस्फोट भएको थियो । विस्फोटबाट सिर्जित टुक्राहरु ट्रयाक गर्न सकिन्छ। उक्त घटनाको विषयमा नासालाई तुरुन्तै जानकारी गराइएको थियो । हाल इन्टरनेसनल स्पेस स्टेशनमा ६ जना अमेरिकी अन्तरिक्षयात्रीहरु रहेका छन्।

त्यसपछि नासाले Safe Heaven प्रक्रिया सुरु गर्‍यो ताकि स्पेस स्टेशनलाई चारैतर्फबाट आएका टुक्राहरुबाट बचाउन सकियोस् ।

अमेरिकाले उक्त खतराको बारेमा चीनलाई बताए नबताएको बारेमा भने प्रष्ट भएको छैन । तथापि चीनले पनि रुसी स्याटेलाइट विस्फोट भएर स्पेस स्टेशनमा खतरा उत्पन भएको खबर थाहा पायो । त्यसले तत्कालै आफ्नो स्पेस स्टेशनबाट रोबोटिक हातको माध्यमबाट अन्तरिक्षयात्री ये गुआंफूलाई कवच लगाउन बाहिर पठाइयो ।

त्यसपछि उक्त स्पेस स्टेशनको बाहिर हिस्सामा कवच लगाइयो । उनको सहयोगका लागि अर्का अन्तरिक्षयात्री ली गुआंगसूले रोबोटिक हात तथा तियान्हे कोर मोड्युलको निगरानी गरिरहे । कवच लगाएपछि रोबोटिक हातको मद्दतले स्पेस स्टेशनको जाँच गरियो । उक्त काम सम्पन्न गर्नका लागि दुईजना अन्तरिक्षयात्रीलाई पूरै साढे ६ घण्टा लागेको थियो । एजेन्सी onlinekhabar

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *