author

मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रिय प्रजात्नत्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् ।       माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा […]

विमान दुर्घटनामा ६८ जनाको मृत्यु, उद्घाटनको उत्सव नसकिंदै स्तब्ध पोखरा

१ माघ, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएदेखि पृथ्वीचोक क्षेत्रमाथि ठूला जहाज देखिन छाडेको थियो । १ जनवरी २०२३ देखि जहाजहरु लेखनाथ क्षेत्रबाट सीधै अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुन्थे । तर आइतबार स्थानीय बबरजंग गुरुङले आफ्नै घरमाथि जहाज उडेको देखे, त्यो जहाज एकैछिनमा फनक्कै फर्क्यो र सेती खोंचतिर ड्याम्म बजारिएको आवाज आयो । ‘खोंचतिर हेर्न […]

टेलिभिजन पर्सनालिटी रीमा विश्वकर्मा र सञ्चारकर्मीबीच प्रश्नोत्तर,सञ्चारकर्मीले सोधेको प्रश्नमा रीमा आक्रोशित

सवालजवाफ र घोचपेचले भरिपूर्ण । अभिनेत्री तथा टेलिभिजन पर्सनालिटी रीमा विश्वकर्मा र सञ्चारकर्मीबीच प्रश्नोत्तर सत्रमा सवालजवाफ भयो । सञ्चारकर्मीले सोधेको प्रश्नमा रीमा आक्रोशित सुनिइन् । पत्रकारले उनलाई तपाईंले समय व्यतीत गर्न मात्र फिल्म गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा रीमाले आक्रोशित हुँदै जवाफ दिइन्, ‘कुनै पनि निर्धारित क्षेत्रमा एक दशकभन्दा लामो समय बिताइसकेको कलाकारलाई तपाईंले त्यो प्रश्न […]

घरलाई सुगन्धित बनाउने हाइसिन्थ फूल कसरी रोप्ने ?

घरलाई बोटबिरुवा र फूलले सजाउँदा सौन्दर्य बढ्ने त छँदैछ, त्यसले स्वास्थ्यमा समेत लाभ पुर्‍याउँछ । हरियाली वातावरणले स्वच्छ हावा प्रवाह गरी शरीरलाई ऊर्जावान् र तनावमुक्त बनाउँछ । तनलाई आराम दिने र मनलाई आनन्दित तुल्याउने फूल हो ‘हाइसिन्थ’ । हल्का र गाढा गुलाबी, लाभेण्डर, सेतो र रातोलगायत विभिन्न रङमा फुल्ने यो फूल हेर्दा जति आकर्षक छ […]

अलि धेरै साथी ल्याउँछु भनेको थिएँ, सकिनँ-राजेन्द्र लिङ्देन

‘अघिल्लो कार्यकालमा संसद भवन छोड्ने बेलामा अलि धेरै साथी लिएर आउँछु भनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धेरै त लिएर आउन सकिनँ, तर जनताको भावनाको एउटा बलियो प्रतिनिधिको रुपमा हामी संसदमा आएका छौं’ उनले भने । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अघिल्लो संसदमा प्रतिज्ञा गरे अनुसार धेरै साथी लिएर आउन नसकेको बताएका छन् […]

अन्नतत् एस्तो रहेछ कार्यदलको साइाा कार्ययोजनाको मसौदा ।

  सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो । त्यस क्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]

सरकारका ठूलाठूला आश्वासन सुनिरहँदा सीमान्त जनता प्रश्न गर्छन् के यहि सरकार हो ?

  हामी एक्काइसौं शताब्दीको सूचना प्रविधिको युगमा छौ। सरकारका भित्री र बाहिरी सबै घटना सीमान्त जनतालाई थाहा हुन्छ । सरकारका ठूलाठूला आश्वासन सुनिरहँदा सीमान्त जनता प्रश्न गर्छन् के यहि सरकार हो ? हिजोअस्ति भोट दिएका जनता फेरि पनि उही पुनरावृत्ति हुनेहोकी भन्ने आशंकामा छन् । सुधार भित्र प्रवेश गर्ने प्रयास कतैबाट देखिँदैन । अहिले स्थानीय […]

जोगिका घरमा सनेसी पाहुना

  निर्वाचनको मतपरिणामा सार्वजनिक नभइसक्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफूलाई प्रधानमन्त्री बनाउन सहयोग खोज्न थालेका छन् । आज पौडेलले र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको भेटघाटमा प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । आज बिहान पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवासमा पुगेर सहयोगको लागि आग्रह गरेका हुन् […]

बालुवाटार बैठकपछि गृहमन्त्री लमिछानेले भने : मन्त्रालय फुटाउने योजना छैन

सत्ता साझेदार दलका शीर्ष नेताहरुले सरकारको न्यूनमत साझा कार्यक्रमबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रुप दिने छलफल भएको छ । बैठकपछि उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भने, ‘पर्सिसम्म सार्वजनिक हुनसक्छ ।’ उनका अनुसार यो अनौपचारिक बैठक […]

नूतनले ‘मिस्टर ग्लोबल’मा नेपालको प्रतिनिधित्व गर्ने

यो वर्ष ‘मिस्टर वर्ल्ड’ नहुने भएकाले श्रेष्ठलाई ‘मिस्टर ग्लोबल’मा पठाउन लागेको नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमलाले बताए । आगामी फेब्रुअरी २ देखि १२ तारिखसम्म थाइल्याण्डमा आयोजना हुने प्रतियोगितामा उनी नेपाली कला, संस्कृतिसहित सहभागी हुन लागेका हुन् । जसका लागि उनले प्रशिक्षणदेखि विभिन्न तयारी समेत गरिरहेका छन् । करिब ६० बढी देशका पुरुषको सहभागिता रहने […]