जोगिका घरमा सनेसी पाहुना

0 minutes, 0 seconds Read

 

निर्वाचनको मतपरिणामा सार्वजनिक नभइसक्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफूलाई प्रधानमन्त्री बनाउन सहयोग खोज्न थालेका छन् । आज पौडेलले र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको भेटघाटमा प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । आज बिहान पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवासमा पुगेर सहयोगको लागि आग्रह गरेका हुन् ।

कोटेश्वरस्थित नेपालको निवास पुगेर उनले यस्तो आग्रह गरेका हुन् । उनीहरुबीचको भेटमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम र त्यसपछिको राजनीतिक अवस्थाका विषयमा समेत छलफल गरेका छन् । अध्यक्ष नेपालनिकट स्रोतका अनुसार कांग्रेसबाट आफू प्रधानमन्त्री बन्नका लागि अगाडि बढिसकेको भन्दै उनले सहयोग मागेका हुन् । पाँचदलीय गठबन्धनबाट सरकारको नेतृत्व गर्न आफुलाई सहयोग गर्न पौडेलले सहयोग मागेका हुन् । काँग्रेसभित्र सहमति भएमा आफु सहयोग गर्न तयार रहेको नेता नेपालले आश्वासन दिएका छन्

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *