चिकित्सक कुट्नेलाई कानुनअनुसार कारबाही हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकमाथि कुटपिट गर्नेलाई कानुनअनुसार कारबाही गरिने बताएका छन्। नेपाल चिकित्सक संघको ज्ञापन पत्र बिहीबार बालुवाटारमा बुझ्दै प्रधानमन्त्री दाहालले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने बताए। संघले बिहीबार प्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर चिकित्सकमाथि आक्रमण भएकोले कारबाहीको मागसहित ज्ञापन पत्र बुझाएको थियो। भदौ २७ गते हेटौंडामा चिकित्सकमाथि आक्रमण भएको […]