शिक्षक आन्दोलनले अघि सारेका माग सम्बोधन गरिनुपर्छ: महामन्त्री शर्मा

author
0 minutes, 0 seconds Read

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन हुनुपर्ने बताएका छन्।

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरू बुधबारदेखि विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका छन्।

सरकारले संघीय संसदमा गर्दा गरेको विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाको विरोधमा शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्।

‘शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्छ। संघीय शिक्षा ऐनमार्फत वर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नैपर्छ,’ महामन्त्री शर्माले भने।

शिक्षकहरूको आवाज सुन्न शर्माले सरकारलाई आग्रह पनि गरेका छन्।

‘हामी लोकतान्त्रिक राज्यप्रणालीमा छौं, एक व्यक्ति मात्रको आवाज पनि सुन्ने कर्तव्य राज्यको हुन्छ भने लोकतान्त्रिक राज्यले लाखौं शिक्षकको आवाज सुन्न र भावना बुझ्न ढिलाइ गर्न हुन्न,’ उनले भने।

शिक्षकको आत्मसम्मान अभिवृद्धि गर्ने/गराउने कर्तव्य राज्यको भएको उनले बताए।

‘प्रत्येक विद्यार्थीको शैक्षिक भविष्यमा नकारात्मक असर पर्न नदिने अभिभावकत्व शिक्षकको प्रधान दायित्व हो। संवादमार्फत तत्काल समाधान खोजेर विद्यालय अविलम्ब सुचारू गर्न गराउन सरकार र शिक्षक नेतृत्वलाई अपिल गर्दछु,’ उनले भनेका छन्।शाभारः महेन्द्रमालाबाट

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *