नेपालको राजनीतिमा प्रचण्ड नेतृत्वको सरकार

author
0 minutes, 0 seconds Read

अस्थिरताका खेलाडी प्रचण्ड, राजनीति झन् झन् अविश्वसनीय

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एउटा, प्रधानमन्त्री छान्दा अर्को र राष्ट्रपति चुनावमा फेरि अर्कै गठबन्धन गरेर नेपालका दलहरुले विचार, मान्यता र आदर्शलाई मजाक बनाएका छन् । पछिल्लो राजनीतिक अस्थिरतामा प्रचण्ड मुख्य कारक छन् ।

पुस १० गते बालकोटको बार्दलीमा निस्किएर हात हल्लाउँदै चुनावी गठबन्धन फेरिएको र नयाँ गठबन्धन बनेको जनाउ दिएर प्रधानमन्त्री बनेका थिए पुष्पकमल दाहाल प्रचण्ड । तिनै प्रचण्डले दुई महिना नबित्दै त्यो गठबन्धन पनि भत्काएका छन् ।

स्थानीय तह, प्रदेश र संघको चुनाव हुँदाको गठबन्धन प्रधानमन्त्री पदमा पुग्दा थिएन भने प्रधानमन्त्री पदमा हुँदा भएको गठबन्धन राष्ट्रपति चुनावको उम्मेदवारी दर्तामा आइपुग्दा टुटेको छ । शाभार अनलाइन खवर बाट

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *