author

भन्सार कर्मचारीको दादागिरी टेरेनन् प्रधानमन्त्रीलाइ पनि

झापाका दुधलाल नेम्वाङ सोमबार अमेरिकाको टेक्सासबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए। दुधलालले साथमा एउटा नयाँ फोन पनि बोकेर ल्याएका थिए । घटनाबारे सुनाउँदै दुधलालले सेतोपाटीसँग भने, ‘सेक्युरिटी जाँच गर्दा मेरो झोलामा फोन देखियो। त्यसपछि सुरक्षाकर्मीले मेरो पासपोर्ट मागेर भन्सारको कर्मचारीलाई दिनुभयो। भन्सारका कर्मचारीले हातमा एउटा फोन हुँदाहुँदै अर्को मोबाइल ल्याउन पाइँदैन र लैजाने भए भन्सार […]

सभापतिमा शेखरलाई सघाउने शर्तमा गगन संसदीय दलको नेताको उम्मेदवार

नेपाली कांग्रेसको आगामी महाधिवेशनमा डा. शेखर कोइरालालाई सर्वसम्मत सभापतिको उम्मेदवार बनाउने शर्तमा गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउने निर्णय भएको सांसद सुनिल शर्माले बताएका छन् । संस्थापनइतर समुहको राजधानीमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै शर्माले महामन्त्री थापालाई सशर्त संसदीय दलको नेताको उम्मेदवार बनाइएको जानकारी दिएका हुन् । आजको बैठकमा नेता शेखर कोइरालाको प्रस्तावमा गगनलाई […]

गृहमन्त्री लामिछानेले दिए नेपाल टी-२० लिगबारे अनुसन्धान गर्न सीआईबीलाई निर्देशन

नेपाल क्रिकेट संघ क्यानको आयोजना तथा विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको सञ्चालनमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा देखिएको विवादबारे गृह मन्त्रालयले चासो दिएको छ । ९ पुसदेखि त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोबारे अनुसन्धान गर्ने गृहमन्त्री रवि लामिछानेले प्रहरी मुख्यालयलाई निर्देशन दिएका […]

ओलीले देउवालाई दिएका थिए अवसर धोका होइन

४ मंसिरको चुनावमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दलहरुसँग गठबन्धन गरेर संसदमा सबैभन्दा ठूलो शक्ति बनेको नेपाली कांग्रेसले सत्ताको दाबी गर्ने अवसर समेत पाएन । कांग्रेस नेतृत्वकै गठबन्धनमा रहेर तीनै तहको चुनावमा भाग लिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समीकरण बदल्दै प्रधानमन्त्री भए । अहिले सत्तारुढमध्ये सबैभन्दा ठूलो दल भएकाले एमाले अध्यक्ष केपी शर्मा […]