झापाका दुधलाल नेम्वाङ सोमबार अमेरिकाको टेक्सासबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए। दुधलालले साथमा एउटा नयाँ फोन पनि बोकेर ल्याएका थिए । घटनाबारे सुनाउँदै दुधलालले सेतोपाटीसँग भने, ‘सेक्युरिटी जाँच गर्दा मेरो झोलामा फोन देखियो। त्यसपछि सुरक्षाकर्मीले मेरो पासपोर्ट मागेर भन्सारको कर्मचारीलाई दिनुभयो। भन्सारका कर्मचारीले हातमा एउटा फोन हुँदाहुँदै अर्को मोबाइल ल्याउन पाइँदैन र लैजाने भए भन्सार […]