निर्वाचनको मतपरिणामा सार्वजनिक नभइसक्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफूलाई प्रधानमन्त्री बनाउन सहयोग खोज्न थालेका छन् । आज पौडेलले र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको भेटघाटमा प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । आज बिहान पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवासमा पुगेर सहयोगको लागि आग्रह गरेका हुन् […]