२० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्क नेम्वाङले पार्टीको प्रदेश संरचना खारेज गर्न माग गरेका छन् । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको पार्टीको केन्द्रीय समिति बैठकमा शनिबार उनले प्रदेशभित्रका कुनैपनि निर्णय प्रक्रियामा प्रदेश समितिलाई सहभागी नगराइएको भन्दै खारेज गर्न आग्रह गरेका हुन् । प्रदेश कमिटीले सिफारिस गरेका निर्णयहरु पनि […]