115270
आज नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण देखिएका व्यक्ति विराटनगरका हुन्।
संक्रमण देखिएका व्यक्तिका विषयमा थप विवरण संकलन भइरहेको बताइएको छ।
यो सहित नेपालमा संक्रमितको संख्या ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।मन्त्रालयले अहिले राती ८ बजे दिएको जानकारी अनुसार ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो।