विराटनगरमा वेदा सलोनको सेवा शुभारम्भ

विराटनगर । विराटनगरमा वेदा सलोनले शाखा विस्तार गरेको छ । मुनालपथमा बिहीबार कोशी प्रदेशको पहिलो शाखा शुभारम्भ गरिएको हो । वेदा सलोनको उपत्यका बाहिर पहिलो शाखा विराटनगरमा खुलेको छ । वेदा सलोनको विराटनगरमा खुलेको शाखाको नायिका सदिक्षा श्रेष्ठ र उपसना सिंह ठकुरीले गरेका छन् । सलोन विराटनगर ब्राण्ड मेनेजर प्रेक्षा कोइरालाका अनुसार बिहान १० बजेदेखि ६ः३० […]

गुण्डा नाईके सानुभाईलाइ अदालतले छोड्दा पनि जेलमै बस्ने इच्छा, यस्तो छ रहस्य…

अभद्र व्यवहार मुद्दामा थुनामा रहेका सानुभाई भनिने गुण्डा नाईके युवराज गुरुङलाई काठमाडौं जिल्ला अदालतले गत साउन १० गते धरौटीमा छोड्ने आदेश दिएको थियो । अदालतले धरौटीमा छोड्ने आदेश दिएको १० दिनसम्म पनि उनले धरौटी वापतको १० हजार रुपैयाँ तिरेका छैनन् । उनी अहिले डिल्लीबजार कारागारमा रहेका छन् । धरौटी नबुझाएको उनीसँग १० हजार पैसा नभएर […]

ताल्चा लगाएको घरभित्र महिला मृ’त फेला

रूकुम पश्चिममा बाहिरबाट ताल्चा लगाएको घरभित्र एक जना महिला मृत फेला परेकी छन्।रूकुम पश्चिममा बाहिरबाट ताल्चा लगाएको घरभित्र एक जना महिला मृत फेला परेकी छन्। मुसिकोट नगरपालिका-१ सल्लेकी ५१ वर्षीया हस्तकली बुढाथोकी गएराति मृत फेला परेकी हुन्। nजिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बाहिरबाट ताल्चा लगाएको आफ्नै घरभित्र बुढाथोकी मृत अवस्थामा फेला परेको बताए। उनका […]

अधिवक्ता भगवती पाण्डे प’क्राउ

कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ लाई प्रहरीले पक्राउ गरेको छ । अधिवक्ता पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले रातोपाटीलाई बताए ।शुक्रवार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनिबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् उनीविरुद्ध नेपाल तामाङ घेदुङको […]

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका को भए त नियुक्त ?

६ साउन, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् । मंगलबार नै पौने ५ बजे थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत […]

झलनाथको वैचारिक विमतिः ‘जबज कालातीत भइसक्यो अब वैज्ञानिक समाजवाद’

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद उपादेयताविहीन रहेको निष्कर्ष निकालेका छन् । शनिबारदेखि जारी स्थायी कमिटी बैठकमा १६ पाने भिन्न दृष्टिकोण राख्दै उनले जबजलाई कालातीत भइसकेको संज्ञा दिएका हुन्।असार २९ देखि साउनको ५ गतेसम्म चलेको सचिवालय बैठकले भने जबजको सान्दर्भिकता रहेको निष्कर्ष निकालेको थियो । त्यसविपरीत खनालको धारणा आएको हो। ‘बहुदलीय […]

कस्ता औंला भएका व्यक्ति भाग्यशाली हुन्छन् र उनीहरूले सजिलै पदोन्नति पाउँछन् हेर्नुहोस

२१ गते साउन काठमान्डौ l हामी सबैलाई थाहा छ हातको रेखामा सबै कुरा लुकेको छ। हस्तरेखा शास्त्रका कारण आज, भोलि र भोलि थाहा पाउन सकिन्छ । यही कारण हो कि हस्तरेखा शास्त्रले हात हेरेर हाम्रो जीवनको विगतका पानाहरू सजिलै बुझ्न सक्छ। तर के तपाईलाई थाहा छ रेखा मात्र होइन, हातको औंलाले पनि हाम्रो जीवनको बारेमा […]

नेपाली सेनाको संख्या घटाउने बहस आखिर किन यस्तो भयो हेर्नुहोस

१९ साउन काठमान्डौ l अहिले नेपाली सेनाको संख्या कटौतीको बहस तातेको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारको चालु खर्च कटौतीका लागि सेनाको संख्या घटाउनु पर्ने टिप्पणी गरेयता यो बहस गरमाएको छ। वाग्लेले गरेको टिप्पणी बहसमा आउनुको अर्को पनि कारण छ। वाग्ले उनै अर्थशास्त्री हुन् जसलाई श्रीलङ्काको संसद्ले आर्थिक […]

भन्सार कर्मचारीको दादागिरी टेरेनन् प्रधानमन्त्रीलाइ पनि

झापाका दुधलाल नेम्वाङ सोमबार अमेरिकाको टेक्सासबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए। दुधलालले साथमा एउटा नयाँ फोन पनि बोकेर ल्याएका थिए । घटनाबारे सुनाउँदै दुधलालले सेतोपाटीसँग भने, ‘सेक्युरिटी जाँच गर्दा मेरो झोलामा फोन देखियो। त्यसपछि सुरक्षाकर्मीले मेरो पासपोर्ट मागेर भन्सारको कर्मचारीलाई दिनुभयो। भन्सारका कर्मचारीले हातमा एउटा फोन हुँदाहुँदै अर्को मोबाइल ल्याउन पाइँदैन र लैजाने भए भन्सार […]

सभापतिमा शेखरलाई सघाउने शर्तमा गगन संसदीय दलको नेताको उम्मेदवार

नेपाली कांग्रेसको आगामी महाधिवेशनमा डा. शेखर कोइरालालाई सर्वसम्मत सभापतिको उम्मेदवार बनाउने शर्तमा गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउने निर्णय भएको सांसद सुनिल शर्माले बताएका छन् । संस्थापनइतर समुहको राजधानीमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै शर्माले महामन्त्री थापालाई सशर्त संसदीय दलको नेताको उम्मेदवार बनाइएको जानकारी दिएका हुन् । आजको बैठकमा नेता शेखर कोइरालाको प्रस्तावमा गगनलाई […]