काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानमा लेखिएका प्रावधानलाई व्यवहारमा उतार्ने चुनौती रहेको बताएका छन् । बुधबार काठमाडौंमा नेपाल रिटर्नी एसोसियसनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, “संविधानमा समाजवाद स्थापना, भेदभाव, अन्यायको अन्त्य लगायतका सबै विषय समेटिएपनि संविधानमा लेखिएका प्रावधानलाई व्यवहारमा उतार्ने चुनौती रहेको छ ।” नेपाली विशेषताको समाजवाद स्थापनाका लागि […]
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन हुनुपर्ने बताएका छन्। नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरू बुधबारदेखि विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका छन्। सरकारले संघीय संसदमा गर्दा गरेको विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाको विरोधमा शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्। ‘शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्छ। संघीय शिक्षा […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रिय उद्यमीहरुलाई छानीछानी कारबाही गरेको आरोप लगाएका छन् । आइतबार एमालेको सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रममा उनले ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालकलाई अनाहकमा पक्राउ गरेर दुःख दिएको टिप्पणी गरे । मीनबहादुर गुरुङलाई किन समातेको, किन कारबाही गरेको ?’ उनले प्रश्न गरे, ‘५/६ […]
२४ भदौ, काठमाडौं । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले राजनीतिक सहमतिको नाममा मुद्दा फिर्ता लिनसक्ने कानुन बनाउने प्रस्तावको विपक्षमा उभिएका छन् । प्रतिनिधि सभामा विचाराधीन ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक–२०८०’ मा हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहेको राजनीतिक दल वा समूह शान्तिपूर्ण राजनीतिको मूलधारमा आए हिंसात्मक गतिविधिमा माफी हुने र जुनसुकै अदालतमा […]
६ भदौ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसद अवरोधको विषयमा पनि छानबिन हुनुपर्ने माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद केसीले देश अफ्ठ्यारो अवस्थामा गुज्रिरहेको बेला संसद् अवरोध गरिएको भन्दै यसबारे छानबिन गर्नुपर्ने बताएका हुन् । मुलुक भयङ्कर अफ्ठ्यारो अवस्थामा गुज्रिरहेको बेला महिनौं दिनसम्म संसद […]
आइतबार नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्नुभयो । त्यसको दुई दिन अगाडि उहाँले देश पाकिस्तानको बाटोमा गएको टिप्पणी गर्नुभएको थियो । त्यसबाट पनि एक कदम अगाडि बढेर एमालेले संघीय संसदका दुवै सदन विगत केही हप्तादेखि निरन्तर ‘कब्जा’ गरिरहेको छ । यी तीन वटै विषय […]
अभद्र व्यवहार मुद्दामा थुनामा रहेका सानुभाई भनिने गुण्डा नाईके युवराज गुरुङलाई काठमाडौं जिल्ला अदालतले गत साउन १० गते धरौटीमा छोड्ने आदेश दिएको थियो । अदालतले धरौटीमा छोड्ने आदेश दिएको १० दिनसम्म पनि उनले धरौटी वापतको १० हजार रुपैयाँ तिरेका छैनन् । उनी अहिले डिल्लीबजार कारागारमा रहेका छन् । धरौटी नबुझाएको उनीसँग १० हजार पैसा नभएर […]
१९ साउन, काठमाडौं । नेपालमा संगठित रूपमा भइरहेको सुन तस्करीको सूचना राजस्व अनुसन्धान विभागले ५ महिना अघि नै पाएको तर कारबाही नगरेको खुलेको छ । क्विन्टल सुन तस्करी प्रकरणमा खुलेका प्रमाण र उतिबेला विभागमा प्राप्त सूचनालाई केलाएर हेर्दा सुन तस्करीमा संलग्नहरूबारे बेलैमा सूचना भए पनि विभागको हेलचेक्र्याइँका कारण तस्कर समूहले ठूलो परिमाणमा सुन तस्करी गर्न […]
अस्थिरताका खेलाडी प्रचण्ड, राजनीति झन् झन् अविश्वसनीय प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एउटा, प्रधानमन्त्री छान्दा अर्को र राष्ट्रपति चुनावमा फेरि अर्कै गठबन्धन गरेर नेपालका दलहरुले विचार, मान्यता र आदर्शलाई मजाक बनाएका छन् । पछिल्लो राजनीतिक अस्थिरतामा प्रचण्ड मुख्य कारक छन् । पुस १० गते बालकोटको बार्दलीमा निस्किएर हात हल्लाउँदै चुनावी गठबन्धन फेरिएको र नयाँ गठबन्धन बनेको […]
गत बुधबार निवर्तमान गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको थियो। गृह मन्त्रालयका तर्फबाट उपस्थित सह-न्यायाधिवक्ता संजीवराज रेग्मीले बहस सुरु गरे। उनलाई इजलासबाट केही यस्ता प्रश्नहरू सोधिए जुन प्रश्नहरूले गृहमन्त्री रवि लामिछानेको उपप्रधानमन्त्रीसहित गृहमन्त्री मात्रै होइन, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति समेत जान्छ भन्ने अनुमान गर्न गाह्रो थिएन। तर […]