नेपाली समाज रूपान्तरणका केही सवाल

समानता, समावेशी, न्यायपूर्ण र विभेदमुक्त मुलुक बनाउन नसक्दासम्म देश बन्दैन । विकास र समृद्धि भनेको सडक, बिजुली, पानी, अग्ला महल आदि मात्रै होइन, मानवता सहितको समृद्धि चाहिन्छ । ‘न्याय ? न्याय तिमीले अर्काे युगमा प्राप्त गर्नेछौ । यो युगमा त तिमीलाई केवल कानुन मिल्नेछ ।’ यो भनाइ प्रख्यात लेखक तथा अमेरिकी राष्ट्रिय पुस्तक पुरस्कार विजेता […]

घनत्व बढाउँदै पूर्वको आदिवासी आन्दोलन

पूर्वमा सञ्चालित आदिवासी तथा प्रगतिशीलहरूको आन्दोलन गुणात्मक घनत्वको जनआन्दोलन हो । शान्तिपूर्ण तवरबाट यस आन्दोलनलाई निरन्तरता दिने र निष्कर्षमा पुर्‍याउनमा जोड गर्नुपर्दछ । राजकीय स्वीकार्यतामा समय लाग्न सक्छ, जनआन्दोलनको अवधि लम्बिन सक्छ, दमन र प्रतिरोधका शृङ्खला बढ्न सक्छन् । तर, लाजेहाङ लिम्बूको ज्यान लिइसकेको कोशी प्रदेश खारेज आन्दोलन बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश […]

अनुत्पादक नेतृत्व बाटो छोड, थप बोझ नबन

क्षमता र योग्यता भएको वा आफ्नो जिम्मेवारी बुझेको व्यक्तिले एकैपटकमा आफ्नो कुशलता देखाउँछ । बारम्बार अवसर पाएर पनि केही गर्न नसक्ने व्यक्तिको राज्य सञ्चालनमा कुनै काम छैन । हिजो–आज देशका कुनाकाप्चा सबैतिर सतहमा एउटै बहस चलेको देखिन्छ— ‘नेपाल अब कहिल्यै बन्दैन, नेपाल बनाउने कोही भएनन्, दलहरूले देश बिगारे, नेताहरू भ्रष्ट भए ।’ लोकतान्त्रिक नेपालका लागि […]

गरिबी निवारणको चिनियाँ मोडल : हामी कहाँ चुक्यौं ?

चीन सरकारको संयोजनमा नेपालका सरकारी कर्मचारीलाई चिनियाँ संस्कृति र भाषा विषयक दुई हप्ते सेमिनारमा भाग लिने अवसर मिल्यो। सुरुदेखि नै चीनको गौरवमय विकास, तीव्रतर प्रगति, पूर्वाधारका क्षेत्रमा भएको अभूतपूर्व परिवर्तन र शीघ्र गरिबी निवारण ढाँचा बारे अन्तरक्रिया गर्न पाइने अपेक्षा थियो। नेपालमा गरिबी निवारण र त्यसको सफलता तथा असफलताका विषयमा सदैव विचार विमर्श हुँदै आइरहेको […]

प्रकृति र वातावरण शिक्षा अाजकाे अावश्यकता

हाम्रो सोच विचार वातावरणमा निर्भर गर्दछ । मानिसको स्वास्थ सन्तुष्टि र सोचका लागि वातावरण स्वच्छ हुन अत्यन्त आवश्यक पर्दछ । जीवनमा महानतम विचारको स्रोत उपयुक्त वातावरण हो । सर्व विकास हुन शारीरिक मानसिक र सामाजिक विकास हुन आवश्यक पर्दछ । यसलाई स्वस्थ भन्न सकिन्छ । यसको लागि वातावरण स्वच्छ र स्वस्थ हुन अत्यन्त आवश्यक पर्दछ […]

पारीपटी बाघ कराएको र वारीपटी बाख्रो हराएको मिल्यो कि ? “जसले” भन्ने शब्द छुटेको ले यो उखान चरितार्थ भयो ।

नोटमा हस्ताक्षर सुरु गरे, देशभर नेपाली रुपैयाँ चलनचल्तीमा ल्याए २२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा आज आइतबार बिहान निधन भएको छ । उनी ५ वर्षदेखि ‘पार्किन्सन्स’को समस्याबाट पीडित थिए । केही सातादेखि उनी काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारत थिए । जबरा सन् १९२८ मा स्वस्थानी […]

टेलिभिजन पर्सनालिटी रीमा विश्वकर्मा र सञ्चारकर्मीबीच प्रश्नोत्तर,सञ्चारकर्मीले सोधेको प्रश्नमा रीमा आक्रोशित

सवालजवाफ र घोचपेचले भरिपूर्ण । अभिनेत्री तथा टेलिभिजन पर्सनालिटी रीमा विश्वकर्मा र सञ्चारकर्मीबीच प्रश्नोत्तर सत्रमा सवालजवाफ भयो । सञ्चारकर्मीले सोधेको प्रश्नमा रीमा आक्रोशित सुनिइन् । पत्रकारले उनलाई तपाईंले समय व्यतीत गर्न मात्र फिल्म गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा रीमाले आक्रोशित हुँदै जवाफ दिइन्, ‘कुनै पनि निर्धारित क्षेत्रमा एक दशकभन्दा लामो समय बिताइसकेको कलाकारलाई तपाईंले त्यो प्रश्न […]

घरलाई सुगन्धित बनाउने हाइसिन्थ फूल कसरी रोप्ने ?

घरलाई बोटबिरुवा र फूलले सजाउँदा सौन्दर्य बढ्ने त छँदैछ, त्यसले स्वास्थ्यमा समेत लाभ पुर्‍याउँछ । हरियाली वातावरणले स्वच्छ हावा प्रवाह गरी शरीरलाई ऊर्जावान् र तनावमुक्त बनाउँछ । तनलाई आराम दिने र मनलाई आनन्दित तुल्याउने फूल हो ‘हाइसिन्थ’ । हल्का र गाढा गुलाबी, लाभेण्डर, सेतो र रातोलगायत विभिन्न रङमा फुल्ने यो फूल हेर्दा जति आकर्षक छ […]

सरकारका ठूलाठूला आश्वासन सुनिरहँदा सीमान्त जनता प्रश्न गर्छन् के यहि सरकार हो ?

  हामी एक्काइसौं शताब्दीको सूचना प्रविधिको युगमा छौ। सरकारका भित्री र बाहिरी सबै घटना सीमान्त जनतालाई थाहा हुन्छ । सरकारका ठूलाठूला आश्वासन सुनिरहँदा सीमान्त जनता प्रश्न गर्छन् के यहि सरकार हो ? हिजोअस्ति भोट दिएका जनता फेरि पनि उही पुनरावृत्ति हुनेहोकी भन्ने आशंकामा छन् । सुधार भित्र प्रवेश गर्ने प्रयास कतैबाट देखिँदैन । अहिले स्थानीय […]