‘ओलीले संविधानअनुसार नै प्रतिगमन गरेका हुन्, संसद् पुनर्स्थापनाले समस्या समाधान हुँदैन’

‘ओलीले संविधानअनुसार नै प्रतिगमन गरेका हुन्, संसद् पुनर्स्थापनाले समस्या समाधान हुँदैन’

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदम आश्चार्यजनक नभएको भन्दै संसद् पुनर्स्थापनाबाट समस्या समाधान नहुने बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मुलुक प्रतिगमनको बाटोतर्फ उन्मुख भइसकेकाले संसद् पुनर्स्थापना र निर्वाचन दुवैले समस्या समाधन नगर्ने उनले धारणा राखेका हुन् । चुनाव प्रतिगमनकारीको धन्दा भएको भन्दै यसबाट संभ्रान्तको स्वार्थ मात्र रक्षा हुने उनको तर्क छ ।

‘स्थायी समाधान गर्ने हो भने बहुल राष्ट्रको निर्माण गर्नुपर्छ’ ‘संसद् पुनर्स्थापनाले अहिलेको समस्या समाधान हुँदैन,’ उनले भने, ‘निर्वाचनले संभ्रान्तको स्वार्थ मात्र रक्षा गर्छ ।’

संसद् पुनर्स्थापनाको कुरा गरेर जनता अलमल्याउने काम भएको उनको जिकिर छ । संविधान नै प्रतिगमनकारी बनाएका भन्दै यो संविधानअनुसार नै पटकपटक प्रतिगमन हुने उनले दाबी गरे ।

‘संविधान नै प्रतिगमनकारी बनाएका थिए, ओलीले फेरि प्रतिगमन गरेकोमा आश्चर्य नमाने हुन्छ,’ उनले भने, ‘यो संविधानअनुसार पटकपटक प्रतिगमन भइरहने छ ।’Source

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0