सडक निर्माणको माग गर्दै धर्नामा



विराटनगर महानगर पालिकाको ६ र ११ जोड्ने केशलीया मार्गको सडक बनाउनुपर्ने भन्दै स्थानीय धर्नामा बसेका छन् । लामो समयदेखि सडक बनाउने भन्दै सडकको दुवैतर्फ विराटनगर महानगरपालिकाले सडकपेटी खाली गराएर अलपत्र छाड्दा दिनादिन जोखिम बढ्दै गएको भन्दै स्थानीय अगुवाहरु धर्नामा बसेका हुन् ।सुनसरीको दक्षिण सिमावर्ती ग्रामिण वस्तीको विराटनगर जोड्ने प्रमुख सडक खण्डको रुपमा रहेको सो सडक खण्डमा निर्माण राज्यले चासो नदिएको भन्दै धर्नामा बसेको उनीहरुले बताएका छन् ।

यत्रतत्र, केश्लिया मार्ग अलपत्र भन्दै स्थानीयहरु नारा लगाउँदै प्रदर्शन गरेका छन् । नगरपालिकाको पहलमा केही मर्मत भएपनि त्यसपछि सडक निर्माणको लागि ५ वर्षदेखि कुनै पहल नगरिएकाले धर्नामा बसेको वडा नम्बर ६ का वडा अध्यक्ष संतोष साहले बताए । सडक निर्माण नहुँदा दिनादिन दुघर्टना हुने भएकाले स्थानीयले तत्काल बनाउन दवाव दिन धर्नामा बसेको उनले बताए ।
सुरुमा हुलाकी राजमार्गमा परेको भन्दै महानगरपालिकाले वेवास्ता गर्दे आएको स्थानीयहरु आरोप लगाएका छन् । सबैतिर सडक निर्माणको काम सम्पन गर्ने महानगरपालिकाले सुनसरीको दक्षिण भेगलाई विराटनगर सम्म जोड्ने सडकलाई वेवास्ता गर्ने महानगरपालिकाको नीति गलत रहेको स्थानीय मुकेश कुमार साहले आरोप लगाए ।
देशमा तीन तहको सरकार भएता पनि कोशलीया मार्ग बनाउन कसैले चासो नदिएकाले व्यापार समेत चौपट भएको स्थानीय व्यापारी प्रदिप कर्णले बताए । गाउँ गाउँ मै स्थानीय सरकार भएपनि लामो सयमदेखि सडक निर्माण नहुँदा स्थानीयले सास्ती खेप्दै आएको स्थानीय गणेश साहले बताए।Source

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0