आज ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै

२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन्
समसामयिक राजनीतिक विषयमा छलफलका लागि राजनीतिक दलहरुको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।पछिल्लो समय मुलुकमा राजावादीहरुको प्रदर्शन बढिरहेका वेला ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । केही सातायता काठमाडौं उपत्यकासहित झापा, पोखरालगायतका क्षेत्रमा राजावादीले प्रदर्शन गरिरहेका छन् ।
ती प्रदर्शनमा राप्रपाले आफ्नो समर्थन रहेको बताए पनि अन्य विभिन्न राजवादी समूहहरूको प्रदर्शनमा संलग्नता देखिएको छ।

सडकमा भइरहेको प्रदर्शनलाई संकेत गर्दै संघीयता, धर्मरिनपेक्षता र गणतन्त्रको पक्षमा एकजुट भएको सन्देश दिन र जनतालाई कुनै पनि भ्रममा नपर्न आग्रह गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको हुनसक्ने एक नेताले बताए ।

यसअघि मंसिर २१ गते नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखिएका केही गम्भीर विषयमा छलफल गर्न सर्वदलीय बैठक आवश्यक भएको बताएका थिए । sorcesource

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0