विराटनगरमा प्रहरीलाई अग्रवाल युवा मञ्चद्वारा सेनिटाइजर बुथ हस्तान्तरण

नेपाल अग्रवाल युवा मञ्च विराटनगरले कोरोना भाइरस रोकथामको लागि सेनिटाइजेसन बुथ जिल्ला प्रहरी कार्यालय, मोरङ लाई हस्तान्तरण गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय मोरङमा मोरंगका एसपी विश्व अधिकारीलाई उक्त बुथ हस्तान्तरण गरिएको हो ।

कोरोनाभाइरसका बिरामीहरू बढी रहेको अवस्थामा युवा मंचले प्रहरीलाई सुरक्षित रहन उक्त बुथ हस्तान्तरण गर्न लागिएको युवा मञ्च विराटनगरका महासचिव हेमन्त अग्रवालले बताए ।

उक्त सेनिटाइजेसन बुथ विराटनगरमा पहिलो स्वचालित सेनिटाइजिंग बुथ हो source

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0