“प्रहरीको साथी म” नारा सहित रंगेलीमा स्वयमसेवक परिचालन

चैत्र १८ मंगलबार
psfirst news
बिश्वभार कोरोनाको महामारी फैलिदै गएको अवस्थामा नेपाल सरकारले काेराेना को सक्रमण फैलिन नदिन लकडाउन गरको समयमा माेरङकाे रंगेली नगरपालिकामा अनौठो दृष्य देखियो ।
नेपाल सरकारले भिड्भाड् हुन नदिई घरमै बस्न आग्रह गर्दै आएको प्रहरी र नगरपालिकाले केही युवकहरुलाई सडकमै पोशाक वितरण गर्दै गरेको थियोे ।उक्त दृश्यमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरकारले घोषण गरेको लकडाउन लाई सफल बनाउने उदेश्यका साथ अति आवश्यक कामका लागी बजार निस्कने व्यक्ति हरुकाे दुरी कायम गराउने र अनावश्यक हिड्डुल गर्ने मानिसहरुलाई सचेत गराउनका लागी म्यादी प्रहरी सरह स्वयम सेवक खटाइरहेको छ ।

“प्रहरीको साथी म” नारा सहित समुदाय–प्रहरी साझेदारी कार्यक्रम अनुसार रंगेली नगरपालिकाले मोरङ्ग प्रहरी संग सहकार्य गरी प्रहरी संगै हरेक वडामा १०/१० जना गरी करिव ९० जना स्वयम सेवक परिचालन समेत गरेको छ । रंगेली क्षेत्रमा लकडाउनलाई सफल बनाउने उदेश्यले यस्तो अभियान सुरु गरेको छ ।
sourcesource

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0