न्यायाधीश ईश्वर खतिवडाले पठाएको इमेलमा प्रतिशोधको गन्ध


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध न्यायाधीश ईश्वर खतिवडाले आन्दोलनकारी न्यायाधीशहरुलाई पठाएको इमेलमा राजनीतिक प्रतिशोधको गन्ध आएको विज्ञहरुको ठहर छ । उनले अमेरिकाबाट पठाएको करिब चार पृष्ठको इमेल चार–पाँचजना न्यायाधीशले पालैपालो पढेका थिए । विभिन्न न्यायाधीशहरुका हातमा पुगेको त्यो पत्र एकजना न्यायाधीशले फिर्ता लिएका थिए ।

न्यायाधीश हाल अमेरिकामा रहेका खतिवडाले दोस्रोपल्ट केपी ओली सरकारबाट भएको संसद विघटन उल्ट्याउन भएको सर्वसम्मत फैसला लेखनको जिम्मा पाएका खतिवडाले प्रधानन्यायाधीश राणाविरुद्ध अन्य न्यायाधीशहरुद्वारा ‘कार्यकारी’सँग साँठगाँठ र अदालतको छवी गिराउने खालका फैसला गरेको आरोपका साथ आन्दोलन र विगत एकसातादेखि इजलास बहिष्कार गर्दै आएका छन् । पत्रमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाप्रति लक्षित कुनै आलोचना नहुनु, तर एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका थिए, खतिवडाले उनलाई चोलेन्द्र शमशेर राणाको मतियारका रुपमा प्रस्तुत गर्दै । चोलेन्द्रसँगको साँठगाँठमा ओली दोषीका रुपमा प्रस्तुत गरिनुले खतिवडाको राजनीतिक प्रतिशोध मनग्गे देख्न पाइन्छ ।