कोभिड खोप : ती सबै कुरा जो तपाईंले जान्न जरुरी छ

कोरोना महामारीलाइ नियन्त्रण गर्नका लागि विश्वका थुप्रै देशले खोप अभियान चलाइरहेका छन् । कोरोना विरुद्धको खोप लगाउनैपर्छ ? यसको कुनै साइड इफेक्ट पो छ कि ? यावत् विषयमा अझै पनि कतिपय द्विविधा व्याप्त छ । त्यसैले कोरोना विरुद्धको खोपबारे स्पष्ट हुन जरुरी छ ।

खोप के हो ?एक खोपले तपाईंको शरीरलाई कुनै पनि रोग, भाइरस वा संक्रमणसँग तयार राख्छ । खोपमा कुनै पनि जीवको केही कमजोर वा निष्क्रिय अंश हुन्छ, जो रोगको कारण बन्ने गर्छ । यसले शरीरको इम्युन सिस्टम अर्थात् प्रतिरक्षा प्रणालीमा भएको संक्रमण (आक्रमणकारी भाइरस)को पहिचान गर्नका लागि प्रेरित गर्छ । साथसाथै त्यसको विरुद्धमा एन्टीबडी बनाउँछ, जो बाहिरी आक्रमणबाट लड्नका लागि हाम्रो शरीरलाई मद्दत गर्छ ।

खोप लगाइसकेपछि त्यसले नकारात्मक असर पो पार्छ कि ?

वास्तवमा खोप लगाएपछि नकारात्मक असर न्यून व्यक्तिमा पर्न सक्छ । कतिपयलाई हल्का ज्वरो आउने वा अन्य सामान्य असर देखिन सक्छ ।

खोप लगाएको केही समयपछि नै हाम्रो शरीरमा उक्त संक्रमणसँग लड्ने प्रतिरक्षा प्रणाली विकास हुन्छ ।

अमेरिकाको सेन्टर फर डिजिट कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अनुसार खोप एकदमै शक्तिशाली हुन्छ किनभने यो अधिकांश औषधिको विपरीत, कुनै कुनै रोगको उपचार त गर्दैन तर त्यसको संभावित जोखिमबाट पूर्णतः बचाउँछ ।

के खोप सुरक्षित छ ?

खोको एक प्रारम्भिक रुप चीनका वैज्ञानिकले १० औ शताब्दीमा खोजेका थिए । यद्यपि सन् १७९६ मा एडवर्ड जेनरले पाए कि, श्वासप्रश्वास सम्बन्धी हल्का संक्रमणको एक डोजले त्यसको गंभीर संक्रमणको संभावनाबाट पनि बचाउँछ । उनले यस सम्बन्धी अध्ययन गरेका छन् । आफ्नो यस सिद्धान्तमाथि परीक्षण गरी निष्कर्ष पनि निकालेका छन् । तब, ‘भ्याक्सिन’ (खोप) शब्दको उत्पत्ति भएको हो । भ्याक्सिन ल्याटिन भाषाको ‘Vacca’ बाट आएको हो, जसको अर्थ गाई भन्ने हुन्छ ।

भ्याक्सिन अर्थात् खोपलाई आधुनिक दुनियाँको सबैभन्दा ठूलो चिकित्सकीय उपलब्धिमा एक मानिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार खोपकै कारण हरेक वर्ष करिब बीसदेखि तीस लाखसम्म मान्छेको मृत्यु टरेको छ ।

बजारमा ल्याउनुअघि कुनै पनि खोपको गंभीरता जाँच गरिन्छ । पहिला प्रयोगशालामा र फेरि जनवारमा यसको परीक्षण गरिन्छ । त्यसपछि मान्छेको शरीरमा यसको परीक्षण गरिन्छ ।

अधिकांश मुलुकमा त्यहाँको चिकित्सकीय मापदण्ड एवं नीति, नियम भित्र रहेर यस्तो खोप लगाइने गरिन्छ ।

खोपको केही जोखिम जरुर छ, तर सबै औषधिको तुलनामा यसको फाइदा उल्लेख्य छन् । जस्तो कि, अघिल्लो पुस्तासम्म पनि कतिपय रोग भयावह मानिन्थ्यो । तर, सानै उमेरमा दिइने खोपको कारण अहिले त्यस्तो रोगको जोखिम शून्यमा झरेको छ ।

यद्यपि खोपमा सफलता हासिल गर्नका लागि दशकौं लाग्न सक्छ । वैश्विक खोप अभियान सुरु भएको लगभग ३० वर्षपछि अफ्रिकालाई मात्र पोलियो मुक्त देश घोषणा गरियो । यो धेरै लामो समय हो ।
विशेषज्ञले चेतावनी दिएका छन् कि, कोभिड १९ को विरुद्ध पूरा विश्वमा पर्याप्त खोप अभियान चलाउनमा महिनौं वा वर्षौं लाग्न सक्छ । त्यसपछि मात्र हामी सामान्य अवस्थामा फर्कन सक्छौं ।

खोप कसरी बनाइन्छ ?

जब एक नयाँ रोगजनक (प्याथोजन) जस्तो कि एक जीवाणु, विषाणु, परजीवी वा फंगस शरीरमा प्रवेश गर्छ, तब शरीरको एक उप भाग जसलाई एन्टिजन भनिन्छ, त्यो उक्त संक्रमणसँग लड्नका लागि एन्टिबडी उत्पादन गर्न थाल्छ ।
परम्परागत खोपले शरीरको बाहिरी आक्रमणसँग लड्नका लागि क्षमता विकास गर्छ । यद्यपि अहिले खोप विकास गर्न नयाँ तरिका अपनाउन थालिएको छ । कोरोनाको खोप बनाउन पनि यस्तै नयाँ तरिका अपनाइएको हो ।

कोभिड खोपको तुलना

फाइजर बायोएनटेक र मोडर्नाको कोभिड भ्याक्सिन, दुवै म्यासेन्जर आरएनए भ्याक्सिन हो, जसलाई तयार गर्नका लागि भाइरसको आनुवंशिक कोडको एक हिस्सा उपयोग गरिन्छ । यो खोप एन्टीजनको कमजोर वा निस्क्रिय भागको उपयोग गर्नुको बदला शरीरको कोषहरुलाई के कुरामा अभ्यस्त गराइन्छ भने भाइरसको सतहमा पाइने स्पाइक प्रोटिन कसरी बनाउने जसको कारण कोभिड १९ हुन्छ ।

अक्सफोर्ड र एस्ट्राजेनेका खोप पनि अलग हुन् । वैज्ञानिकले यसलाई तयार गर्नका लागि चिम्पाञ्जीमा संक्रमण हुने एक भाइरसमा केही परिवर्तन गरेका हुन् र कोभिड १९ को आनुवंशिक कोडको एक टुक्रा पनि यसमा जोडिएको हो ।

यी तीनै खोपलाई अमेरिका, बेलायतलगायत केही मुलुकले आपतकालीन प्रयोगका लागि मञ्जुरी दिएका छन् ।

के कोभिडको अरु पनि खोप छ ?

चीनको औषधि कम्पनी सिनोवैकले ‘कोरोना वैक’ नामक खोप बनाएका छन् । चीन, सिंगापुर, मलेशिया, इन्डोनेसिया र फिलिपिन्समा यो खोप पठाइएको छ । कम्पनीले यो खोप बनाउन पारम्परिक तरिका प्रयोग गरेको छ । कम्पनीका अनुसार यस खोप बनाउनका लागि भाइरसको निस्क्रिय अंश प्रयोग गरिएको हो ।

यो कति प्रभावकारी छ भन्ने कुरामा प्रशस्तै प्रश्न पनि उठेका छन् । टर्की, इन्डोनेसिया र ब्राजिलमा यस खोपको परीक्षण पनि गरिएको छ । यी देशका वैज्ञानिकले अन्तिम चरणको परीक्षणपछि भनेका छन् कि यो खोप ५० दशमलव ४ प्रतिशत प्रभावशाली छ ।

भारतमा यस्तै दुई खोप तयार गरिएको छ । एक, कोविशिल्ड, जसलाई एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकले तयार गरेका हुन् । र, सिरम इन्स्टिच्युट अफ इन्डियाले यसलाई उत्पादन गरेका छन् । अर्को चाहिं, भारतीय कम्पनी भारत बायोटेकले बनाएको खोप हो ।

रुसले कोरोना खोप तयार गरेको छ, जसको नाम स्पूतनिक ५ हो । यसलाई भाइरसको भर्सनमा थोरै परिवर्तन गरेर तयार गरिएको हो ।

के मैले कोभिड खोप लिनुपर्छ ?

कतै पनि कोभिड खोप लगाउन अनिवार्य गरिएको छैन । यद्यपि धेरैजसोलाई सुझाव दिइएको छ कि, खोप लगाउनुपर्छ । कतिपय रोगसँग जुधिरहेका मान्छेहरुको हकमा भने यो अपवाद हुनसक्छ ।

सीडीसीका अनुसार खोपले केवल आफूलाई मात्र कोभिड १९ बाट सुरक्षित राख्दैन, अरुलाई पनि सुरक्षा दिन्छ । खोप अभियानले खासगरी यो महामारीबाट बाहिर निस्कन सहयोग गर्नेछ ।

विश्व स्वास्थ्य संगठनकाे अनुमान छ कि, यो संक्रमण फैलन नदिनका लागि कम्तीमा ६५ देखि ७० प्रतिशत व्यक्तिले खोप लगाउनुपर्छ । त्यसैले धेरैभन्दा धेरै व्यक्तिलाई खोप लगाउनका लागि प्रेरित गर्न जरुरी छ ।

सारमा, खोप अभियानले कोरोना महामारी रोक्न सहयोग गर्नेछ र संसारमा हर्ड इम्युनिटी अरु बढाउनेछ । विशेषज्ञहरु भन्छन्, हर्ड इम्युनिटीले नै संसार सामान्य जीवनमा फर्कनेछ ।
यो समाचार अनलईन खबर बाट शाभार गरियको हो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0