झलनाथको वैचारिक विमतिः ‘जबज कालातीत भइसक्यो अब वैज्ञानिक समाजवाद’

author
0 minutes, 0 seconds Read

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद उपादेयताविहीन रहेको निष्कर्ष निकालेका छन् । शनिबारदेखि जारी स्थायी कमिटी बैठकमा १६ पाने भिन्न दृष्टिकोण राख्दै उनले जबजलाई कालातीत भइसकेको संज्ञा दिएका हुन्।असार २९ देखि साउनको ५ गतेसम्म चलेको सचिवालय बैठकले भने जबजको सान्दर्भिकता रहेको निष्कर्ष निकालेको थियो । त्यसविपरीत खनालको धारणा आएको हो।

‘बहुदलीय जनवाद भनेको पुँजीवादी जनवाद नै हो। त्यसमा कसैले भ्रममा पर्नु जरूरी छैन। बहुदलीय प्रणालीचाँहि वर्गभन्दा बाहिरको कुरा होइन। त्यो नै पुँजीवादी प्रणाली हो,’ उनले भनेका छन्, ‘हामीले हाम्रो देशमा जनवादी क्रान्तिको कालमा अघि सारेका नयाँ जनवाद, राष्ट्रिय जनवाद, जनताको जनवाद, जनताको बहुदलीय जनवाद सबै कार्यक्रमहरू आम रूपमा पुँजीवादी जनवादका कार्यक्रमहरू हुन्। ती सबै रूपका कार्यक्रमहरू पुँजीवादी क्रान्ति सम्पन्न भइसकेपछि ऐतिहासिक रूपले नै कालातीत भइसकेका छन।

अब देश ऐतिहासिक रूपले नै समाजवादी क्रान्ति र रूपान्तरणको नयाँ युगबाट अघि बढ्न लागेको बताए । अब हामीले हाम्रो कार्यक्रमलाई समग्र रूपमा नै परिवर्तन गर्नुपर्छ। त्यो कार्यक्रम भनेको एक मात्र वैज्ञानिक समाजवादको कार्यक्रम हो। त्यो भनेको नेपाली विशेषताको समाजवादी कार्यक्रम हो,’ उनले भनेका छन्।

जनताको बहुदलीय जनवाद नेकपा (एमाले) ले पाँचौं महाधिवेशन (२०४९ साल) मा आघि सारेको कार्यक्रम हो। पार्टीका तत्कालीन महासचिव मदन भण्डारीले यसलाई कार्यक्रमका रूपमा अघि सारेका थिए। मदनको निधनपछि एमालेले त्यसलाई मार्गदर्शक सिद्धान्तको रूपमा अंगीकार गर्र्दै आएको छ।

एमालेबाट अलग्गिएर बनेको एकीकृत समाजवादीले पनि पार्टीको राजनीतिक कार्यक्रम जबजलाई बनाउँदै त्यसलाई समाजवादी कार्यक्रम स्वरूप दिनुपर्ने तर्क गरिरहेका बेला झलनाथको भिन्न दृष्टिकोण आएको हो। सेतोपाटी

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *