२१ साउन २०८० आइतबार साप्ताहिक राशिफल

author
0 minutes, 0 seconds Read

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

यो साता व्यस्तता बढ्नुका साथै सामान हराउन सक्छ । मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । साताको अन्त्यमा दान पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । प्रेमसम्बन्ध बढेर जानेछ । शेयर बजार या पुँजी बजारले पनि साथ दिनेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले अधिक राम्रो हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

यो साता पारिवारिक भेटघाटमा रमाइनेछ । पुनर्मिलनको विशेष योग रहेको छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । प्रेम प्रस्तावपनि आउन सक्छ । मध्य सातबाट आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । यो साताका लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल मिल्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

यो साता रमणीय, सुखद् र धार्मिक यात्राको योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नजिकको मित्रसँग भेटघाट पनि हुनेछ । साताको उत्तरार्धबाट आर्थिक कारोबारमा मन्दी आउनेछ । सामान हराउने योग पनि छ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग आकाशे वा गुलाबी हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

यो साता रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन् । वैदेशिक कार्य पनि अघि बढ्नेछ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग रातो वा हरियो हो । शुभकर्म गर्नु पूर्व बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

यो साता कार्य सम्पादनमा समस्या आउला । गरेको काम बिग्रने सम्भावना छ । सोमबारबाट सामाजिक कार्यमा रुचि जाग्नुका साथै सफल यात्राको योग पनि देखिन्छ । शुभ कार्यमा सहभागी भइएला । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

यो हप्ता रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मन पर्ने व्यक्तिलाई सहयोग गर्न पनि पाइनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग बैजनी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

यो साता शुभ समाचार सुन्न पाइएला । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । सामाजिक र राजनीतिक कार्यमा सफलता मिल्नेछ । शेयर बजारको लगानीले साथ दिनेछ र नसोचेको ठाउँबाट धनागम हुनसक्छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग सुन्तला वा कालो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

यो साता मनमा सहयोग भाव आउला । प्रेमीको सहयोग प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग नीलो वा रातो हो । शुभकर्म गर्नु पूर्व महाकालीजीको स्मरण गरि कार्य गर्दा अधिक सफलता प्राप्त हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

साताको आँटेको र ताकेको कार्य पुरा होला । नजिकका व्यक्तिबाट कार्यमा सहयोग मिल्नेछ । वैदेशिक कामहरू पूरा हुनेछन् । मनमा दुबिधा उत्पन्न हुनेछ । सुरुका दिनमा महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सोमबारबाट भने एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग गुलाबी वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरे अधिक सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

यो हप्ता धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । भोज भतेरमा सहभागिता हुने अवसर आउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । प्रेममा जीवनमा सफलता प्राप्त हुनेछ । साताको अन्त्यमा स्वास्थ्यको ख्याल गर्नु पर्नेछ । अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

यो मनमा उत्साह र उमङ्ग छाउनेछ । पुनर्मिलनको योग रहेको छ । शिक्षामा सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा बढी राम्रो हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

यो साता अधुरो काम पूरा हुनसक्छ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । साताको मध्यमा सरकारी निकायको भय रहला । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग सिन्दुरे वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरि कार्य गर्दा अधिक सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल हाम्रो पात्रो

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *