19/08/2022

विराट अनलाइन खवर

समाचार राजनीति मानोरञ्जन विचार सुचनाप्रविधि र अरु धेरै खवरको जानकारी

अवको पुष्ताले ध्यान दिनुपर्ने पाँच कुराहरु ।

अवको पुष्ताले ध्यान दिनुपर्ने पाँच कुराहरु । अवको पुष्ताले विशेष गरेर आफु स्वश्थ, समृद्ध र स्वतन्त्र रहने चाहना राख्नु स्भाविक मात्र हैन सबैको बानी वा फेसन नै भइसकेको छ । चाहना त सबैमा हुन्छ र हुनु पनि राम्रो हो तर सबैले यो अवसर नपाउन सक्छन भने कतिले अवसर पाएर पनि निरन्तरताको कमिका कारण विचमै छुट्छ । जस्को परिणाम युवा पुस्ता विभिन्न चरणमा डिप्रेशनको शिकार हुने गरेको र सुसाइट का घटनाहरु हाम्रो ुसमाजमा धरै सुन्न पाइन्छ ।
हर्रमनहरुको डिस्व्यालेन्सका कारण उत्पन्नहुने अधिकाशं समस्याहरुको समाधानका लागि अपनाउनु पर्ने सावधानी अथवा आफुलाई परिर्वतन गर्नुपर्ने हुन्छ ।

बेलाबेला पानी पिउने

दौडिंदा शरीरमा पसिना निस्किन्छ, यस्तोमा शरीरमा पानीको कमी हुन्छ । शरीरमा पानीको मात्रा कमी हुन नदिन प्रशस्त मात्रामा पानी पिउनुपर्छ । पानीको अभाव भएमा डिहाइड्रेसनको समस्या हुन्छ । दौडिंदा बेलाबेला थोरै मात्रामा पानी पिइरहनुपर्छ । पानी खाएर दौडिन वा दौडिंदा पानी खान नसक्ने भए दौडिसकेपछि प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ ।

वार्मअप गर्ने

बिहान वा बेलुका दौडिने बानी छ भने वार्मअप गरेर मात्रै दौडिनुपर्छ । सिधै दौडिंदा मांसपेशीमा समस्या आउन सक्छ । वार्मअप विना दौडिंदा खुट्टा दुख्न सक्छन् भने मांसपेशीमा ऐठन हुन सक्छ । शरीर दौडिन तयार भएपछि मात्रै दौडिनु उपयुक्त हुन्छ । दौडिनका लागि वार्मअपका साथै आफू पनि मानसिक रुपमा तयार हुनुपर्छ ।

केही मात्रामा कार्ब्स खाने

अधिकांश सर्वसाधारणको दौडिनु पूर्व केही नखाएरै दौडिने बानी हुन्छ । तौल घटाउन लागेकाले झन् खाएर दौडियो भने तौल घट्दैन भन्ने सोच्छन् ।

तर त्यस्तो होइन । दौडिनुभन्दा पहिला केही खानेकुरा खाएमा त्यसले शरीरलाई वार्मअप गर्न र दौडिन ऊर्जा दिन्छ । जसले हाम्रो शरीरलाई फाइदा पुर्‍याउँछ । यदि दौडका साथै मांसपेशी बढाउने चाहना छ भने व्यायाम गर्नु र दौडिनुभन्दा पहिले केही मात्रामा काब्र्स खानु शरीरका लागि फाइदाजनक मानिन्छ । यसले मांसपेशीलाई मजबुत बनाउने काम गर्छ ।

शरीरलाई सिधा राख्ने

दौडिंदा शरीरलाई सही तरिकाले राख्नुपर्छ वा सिधा राख्नुपर्छ । दौडिंदा हामीले मेरुदण्ड र हड्डीलाई सिधा राख्नुपर्छ । दौडिंदा टाउको नझुकाउने, छातीलाई सही आकारमा राख्ने, तीव्र गतिमा दौडिंदा ध्यान पुर्‍याउनुपर्छ । शरीरका लागि सिधा दौडिनुपर्छ ।

दौडिंदा बीचमा वाक गर्ने

दौडिंदा बीचबीचमा ब्रेक लिन सकिन्छ । यसका लागि बीचमा बिस्तारै हिंडेर पनि अगाडि बढ्न सकिन्छ । पहिलोपटक दौडिनेहरुका लागि यो निकै उपयोगी हुन्छ । यसो गर्दा थकान कम लाग्नुका साथै सास फुल्नबाट बच्न सकिन्छ । बीचमा ब्रेक लिंदा शरीरलाई तनाव कम हुने र दौडिने शक्ति कायम रहिरहन्छ ।
ओन्ली माइ हेल्थबाट