02/07/2022

विराट अनलाइन खवर

समाचार राजनीति मानोरञ्जन विचार सुचनाप्रविधि र अरु धेरै खवरको जानकारी

सुन्दरहरैचामा कस्ले बाजी मार्लान ? कति मतको अन्तर छ ? कुन वडामा कस्को विजय यो सबै हेर्नुहोस ।

सुन्दरहरैचा नगरपालिका ताजा मत परिणाम
सूर्य १७१३८
रूख १७०२३
हाल सम्म गणना भएको ४१,००७
जम्मा खसेको मत ५१,९०५
मतान्तर ११५

त्यस्तै उपमेयर तर्फ नेकपा एमालेकी अकली चाैधरीले भारी मतका साथ अग्रता कायम गरेकी छिन् । चाैधरीकाे १४,९२८ मत रहेको छ । उपमेयरमा माओवादी केन्द्रका नबराज चापागाईकाे ८,५७९ मत रहेको छ। सुन्दरहरैंचामा उपमेयर पदका अन्य उमेदवारकाे पनि झिनाे मत रहेको छ ।
सुन्दरहरैंचामा मेयर र उपमेयर पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको हाे । सुन्दरहरैंचामा जम्मा खसेको मत: ५१,९०५ रहेको छ। जसमा गणना हुदै गरेका वडाहरू ५,९,१० रहेका छन् भने गणना हुन बाँकी ६,७,८ रहेको छ । १२ वटा वडामा विभाजन भएको तथा दुईवटा नगरपालिका समायाेजन भएर बनेकाे सुन्दरहरैंचामा मत गणना भईसकेका वडाहरू १,२,३,४ ११,१२ रहेका छन् । सुन्दरहरैचा नगरपालिका वाड नम्बर ४ मा नेपाली काङ्ग्रेसबाट अध्यक्ष पदमा कैलास बस्नेत बिजयी भएका छन् ।
स्थानीय तह निर्वाचन २०७९ मा सुन्दरहरैँचा नगरपालिका वडा न. ३मा नेकपा एमालेकाे तर्फबाट वडा अध्यक्ष पदमा विदुरप्रसाद ढुङ्गाना, महिला सदस्य पदमा पूर्णमाया लिम्बु , दलित महिला सदस्य पदमा पवित्रा दमाई एवम् खुल्ला सदस्य पदमा निलम अधिकारी र नारायणप्रसाद भट्टराई विजयी भएका छन् गठबन्धनलाई पछि पार्दै सुन्दरहरैचामा एमालेले अहिले भने अग्रता लिएको छ ।