21/05/2022

विराट अनलाइन खवर

समाचार राजनीति मानोरञ्जन विचार सुचनाप्रविधि र अरु धेरै खवरको जानकारी

दरबारकाे रहस्यमय कथा ।

इमाेसन लेवल: ७००
उद्वेश्य : सन्देस
प्रकृति: काल्पनिक तर यथार्थपरक हाम्राे समाजकाे
कथाकाे शिर्षक : धैर्यता
एउटा दरवारमा राजा,राम्री सुशिल राजकुमारी र केहि बलिया गधा कामदारहरु थिए । राजकुमारी तिकक्ष्ण बुद्विकी थिइन । रानीकाे मृत्यु पश्चात राजकुमारीकाे पालन पाेषण र हेरचाह सबै राजाले गर्दै आएका थिए । यस क्रममा गधाहरूले मेहनत गरेअनुसारकाे खान त्यति राम्राे पाएका थिएनन् । त्यसैले केहि गधाहरू त्याहाबाट अनेत्र बसाई सरेका थिए । एउटा गधा भने त्यहि बसेर मेहनत गरिरहेकाे थियाे । समय वित्दै गयाे । राजकुमारी बढदै गइन र पढदै पनि । राजाले पढाउने क्रममा ति राजकुमारीलाइ भन्ने गर्थे कि छाेरी तिम्री आमा नभएकाे कारण तिमीलाई कुनैकुराकाे कमी नहाेस भनेर म लागि परेकाे छु । र तिमीले राम्राे पढाइ गर यदि तिमी पढाइमा फेल भएउ भने म त्याे गधासंग तिम्राे विवाह गरिदिन्छु भनेर राजाले राजकुमारीलाई डर देखाउने गर्दथे । याे कुरा त्याे गधाले सुनेकाे थियाे । राजकुमारीकाे लालन पालनमा तैनाथ राजाले अन्य कामदारहरूकाे काम र खानामा ध्यान पुर्याउन सकेनन् र समयमा खान दिनपनि सकेनन् र खाइ कि खाइनस भनेर पनि कसैलाइ साेधेनन् । यसै क्रममा धेरै कामदार दरवारीया मित्रहरूले राजा र उनिहरूकाे काम छाेडि सकेका थिए । एउटा गधा जिर्ण अवस्थामा पनि त्यहि थियाे ।
एकदिन दरवारकाे बाटाे भएर पहिला दरवारमा काम गरेका गधाहरू अाउदै थिए । उनिहरूले आफ्नाे पुरानाे साथि गधालाई देखे । उ बुढाे भईसकेकाे थियाे । खान नपाएकाे कारण दुब्लाे थियाे । उसले उसकाे घर परिवार माया मारेकाे कारण उसका छाेरा छाेरी र श्रीमति सबैले उसलाइ छाेडि सकेका थिए । याे सबै कुरा ति साथिहरुले सुनाए र भने हिड हामीसंग यहा बसिस भने त सिद्विन्छस याे राजाले तलाइ खानपनि दिदैन । अनि त याहा के बस्छस ? यहा बसिस भने त खान नपाइ मर्छस । यसाे भनेर सम्झाए तर त्याे गधा मानेन । यता राजकुमारी गधासंग विवाह गर्नुपर्लाकि भनेर खुव मेहनेत गरेर पढाई गर्न थालिन र पढाइमा अव्वल बन्दै गइन ।
समय वित्दै गयाे एकदिन राजकुमारीकाे विवाह धुमधामले हुने भनेर राजाले दरबारमा झ्यालि पिटाए । सबै विवाह भाेजका उपस्थित भए त्याहा त्याे बुढाे गधाका साथिहरूपनि आए । क्रमश