ढिलै भएपनि गृहमन्त्रालयले प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । सार्वजनिक स्थलमा कसैको बिनाअनुमति भिडियो खिच्न र सामाजिक संजालमा अपलोड गर्न नपाईने जनाएको छ ।
मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलमा सम्बन्धित व्यक्तिको अनुमतिबिना प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । मन्त्रालयले कारवाही भने प्रचलित कानुन बमोजिम हुने व्यवहोरा
विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘‘सार्वजनिक स्थलमा कुनै व्यक्तिको अनुमतिबिना कुनै प्रकारको तस्वीर लिन सामाजिक सञ्जालमा प्रकाशन गर्न, व्यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्यक्तिको अनुमतिरसहमति बिना कुनै पनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सञ्जालमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।’
गृह मन्त्रालयको विज्ञप्ति पनि हेर्नुहोस ।
;|f]t cgnfO{g vj/
More Stories
यदि तपाई सहकारीमा पैसा जम्मा गर्दैहुनुहुन्छ भने सोच्नुहोस है । कतै आफ्नो पैसा लिनको लागि आन्दोलन त गर्नु पर्दैन ?
इटहरी उप महानगर प्रमुखले गरेको प्रतिवद्धतामा उप प्रमुखले हस्ताक्क्षर नगर्नुको कारण यस्तो रहेछ ।
स्वास्थ्य प्रोटोकल मिचेको भन्दै प्रधानमन्त्रीको राजिनामा माग