राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले संविधानको छिद्र खोजेर स्थानीय तहको चुनाव टार्न वा सार्न नहुने बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘जब अदालतमा स्थानीय तह निर्वाचन ऐनका सम्बन्धमा प्रवेश नै पाएको छैन भने पहिल्यै नै हामीले कानून संविधानसंग वाझियो भनेर कसरी भन्न सक्छौ ? संविधानको छिद्र खोजेर स्थानीय तहको चुनाव टार्ने/सार्ने प्रयास नहोस।’
उनले संविधानको व्याख्या र कानून तर्जुमा संविधान अनुकूल भयो/भएन भन्ने सर्वोच्च अदालतले गर्ने बताएका छन्। उनले भनेका छन्, ‘संविधान लेख्ने संसदले हो । कानून तर्जुमा गर्ने पनि संसदले हो । संविधानको व्याख्या र कानून तर्जुमा संविधान अनुकूल भए/भएन भन्ने सर्वोच्च अदालतले हो।’शाभार अनलाइन खवरबाट
More Stories
स्वास्थ्य प्रोटोकल मिचेको भन्दै प्रधानमन्त्रीको राजिनामा माग
भिडियो खिचे कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी
एमसिसि पास गरौ भन्दै गएका प्रधानमन्त्री देउवालाइ एमाले अध्यक्ष् ओलीले यस्तो जवाफ दिएर फर्काइदिएका छन ।