14/08/2022

विराट अनलाइन खवर

समाचार राजनीति मानोरञ्जन विचार सुचनाप्रविधि र अरु धेरै खवरको जानकारी

भावीकार्यक्रमहरु बनाउदा सबैले अपनत्व महशुस गर्नेगरि बनाउनु पदर्छ भन्ने उद्धेश्यले सबैको अमुल्य शुझावको अपेक्षा गरिन्छ ।

पश्चिम फिमरा टोल विकास संस्थाको भावीकार्यक्रमहरु बनाउदा सबैले अपनत्व महशुस गर्नेगरि बनाउनु पदर्छ भन्ने उद्धेश्यले सबैको अमुल्य शुझावको अपेक्षा गरिन्छ । कार्यक्रम क्षेत्रका सबै जात-जाती, भाषा-भाषी,विभिन्न धर्म र संप्रदाय विच आपसी सहयोग र सद्भाव कायम गर्दै सामाजिक विकास, उन्नती र आर्दश समाज निर्माणमा तपाइ हामी सबै घनिभूत भएर लाग्नु पर्ने आजको आवश्यकता महशुस गरि सोहि अनुरुप समृद्ध समाज निर्माणमा तपाईको सुझाव कोसे ढुंगा सावति बनोस भन्ने आशा समेत गरिन्छ । समाज परविर्तनका लागि आफुले शिकेका शिप, जानेको अनुभव, प्राप्त गरेका उपलव्धीहरु,आइपरेका समस्याहरु, समस्या समाधानमा गरिएका प्रयासहरु, विकसका प्रभावकारी मुल्य मान्यताहरु र आफुले विभिन्न काल खण्डमा व्यक्त गरेका प्रतिवद्धताहरुलाई आत्मसाथ गर्दै नयाँ सुझाव भन्दा पनि पुरानै अनुभवहरुलाइ नयाँ ढंगले प्रस्तुत गरि मानव समुदाय र समाजिक परिवेस समेतको परिर्वतनका लागि विकसित प्रविधिको सकारात्मक प्रयोग गरी सृजनात्मक,सल्लाह सुझाव र सहभागिता जनाइदिनुहुन समेत सबै सबैमा हार्दिक अनुरोध गरिन्छ ।
वस्तुत,टोल विकास संस्था नेपालको परिवेशमा एकदमै नौलो प्राक्टीस भएको र यसभन्दा अघि समाजिक विकास र परिवर्तनका लागि अग्रज, द्धिगज र विज्ञहरुले प्रयासनै नगरेको भने होइन । तर सदियौ देखि सामाजिक संस्थामा अपारदर्सिता, नीजि अभिष्ट पुरा गर्ने प्रवल ईच्छा, प्रमुख पदमा मरिहत्ते, र सामुहिक लाभको भन्दापनि संचालित योजना तथा कार्यक्रमहरुमा व्यक्तिगत लाभको स्पेस सुरक्षित गर्नु जस्ता सामाजिक संस्थामा देखिएका प्रमुख समस्याहरु हुन भन्दा अत्युक्ति नहोला । पारदर्सीताको अभाव, व्यक्तिगत स्वार्थ र गलत चिन्तनका कारण हिजो आज अधिकांश सामाजिक संस्थाहरुले संस्थागत उदेश्य अनुरुपको काम र प्राप्त उपलवधीहलाई संस्थागत र दिगो विकास गर्न नसकिएको जानकारहरु बताउछन । तसर्थ, संस्थाहरुमा सहभागितामुलक प्रतिनिधित्व गराउदै संस्थालाइ प्रकृतिमैत्री, जनहितकारी, परोपकारी, सर्वहितकारी, लोककल्याणकारी र स्वतन्त्र संस्थाको रुपमा विकसित गरिदै लगिनेकुरामा प्रक्तिवद्ध रहन समेत आवहन गरिन्छ । साथै सस्थामा आगामी कार्यक्रमहरु कस्तो हुनुपर्दछ ? त्यसको मोडालिटी, समाजमा पार्नसक्ने प्रभाव, लाभको सुनिश्चितता र समाजको अमुल परिवर्तनको सम्बाहक बन्न सक्ने कुराको परिकल्पना र उपलव्धीको दिगो विकास जस्ता कुराहरुलाइृ प्रमुख एजेण्डा बनाई अघि बड्न सम्बद्ध सबै पक्षलाई अपलि गर्दै यो टोल विकास संस्था नेपालकै नमुना टोल बनाउन तपाइको आजको एउटा सुझाव देश र देशबासीको लागि मार्गदर्शन बनाउनेकुरामा दुनियामा तपाइको शुझाव यादगार बनोस अग्रीम शुभकामना छ