14/08/2022

विराट अनलाइन खवर

समाचार राजनीति मानोरञ्जन विचार सुचनाप्रविधि र अरु धेरै खवरको जानकारी

संसद भित्रैबाट एमालेको भण्डाफोर गछौ – गगन थापा ।

शुक्रबार गोरखामा आयोजित पार्टी कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदलाई लामो समय सम्म प्रमुख प्रतिपक्ष दलले बन्धक बनाएर हामिलाइ काम गर्न नदिएको बताए । नेता थापाले संसद खोल्न एमालेसँग वार्ता गर्ने र सहमतिमा नआए भण्डाफोर गर्नुपर्ने बताएका छन् । नेता थापाले संसदलाई बन्धक बनाएर एमाले अध्यक्ष केपी शर्मा ओली गाउँ गाउँ डुलेको भन्दै अब धेरै समय संसदलाई बन्धक राख्न नसकिने बताए । ‘हामी सरकार चलाउने पार्टी हौं’ आवश्यकता अनुसार झुक्छौं, विनम्र हुन्छौं, मिलाउँछौं,हात्ती किनिदिने, झोला पनि किनिदिने, तर हात्ती झोलामा हालिदेऊ भन्दा त्यो नसकिने बताए । त्यो बेला जनताको बीचमा जानुपर्छ र भन्नुपर्छ’सकिंदैन । थापाले अघि भने, अब कि छलफल संवाद हुन्छ, केही निष्कर्ष निस्कन्छ, होइन भने भण्डाफोर हुन्छ, सम्म भन्न भ्याएका नेता थापाले के विषयको भण्डाफोर हुनछ भनेर नेता थापाले बताउन भ्याएनन ।

अब गाउँ गाउँ आउने हरेक सांसदलाई नागरिकले पहिले संसदको अवरोध हटाएर त्यहाँ बोल ‘होइन भने सांसद बनेको छ,मुर्दाबाद मुर्दाबाद भन्दा पनि तलब भत्ता आएकै छ । एमालेले नै हामीले भनेको होइन संसद चल्दैन भनेर चल्यो त ? भनेर उसैले भन्छ, के हामी त्यसका लागि कुरेर बस्ने ?’ उनले प्रश्न गरे । एमालेले एक वर्षसम्म संसद अवरोध गर्ने र संसदले काम गर्न सकेन भनेर चुनावी एजेण्डा बनाउने रणनीति अनुसार संसदीय व्यवस्था अफापसिद्ध हो भन्ने पुष्टि गर्न योजनावद्ध ढंगले संसद अवरोध गरिएको आरोप लगाए ।
‘अर्को मंसीरसम्म चुनाव गर्नुछ, एक वर्ष संसद चलाउनुछ, एक वर्षसम्म यत्तिकै राखियो भने एक वर्ष पछाडि नेकपा एमालेले नै चुनाव जित्छ अनि हामि चै हेरेर बस्ने भन्दै जनतालाइ त्यसका लागि कुरेर बस्ने ?’ उनले प्रश्न गरे ।