19/08/2022

विराट अनलाइन खवर

समाचार राजनीति मानोरञ्जन विचार सुचनाप्रविधि र अरु धेरै खवरको जानकारी

एमसिसि पास गरौ भन्दै गएका प्रधानमन्त्री देउवालाइ एमाले अध्यक्ष् ओलीले यस्तो जवाफ दिएर फर्काइदिएका छन ।


गत विहिबार बसेको पाँचदलीय समन्वय समितिको बैठकले संघीय संसदको अवरोध हटाउन विपक्षी दलको नेतासँग सम्वाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । त्यसको दुई दिनपछि आज प्रधानमन्त्री देउवा, विवक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीलाई उनकै निवास बालकोट, भक्तपुर पुगेर भेटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संघीय संसदमा जारी अवरोध हटाउन र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन गर्न प्रस्ताव गरेका छन् ।

जवाफमा ओलीले जे कारणले आफूहरुले संसद अवरुद्ध गरेको हो, त्यसबारे केही सम्बोधन भएको छैन । त्यसैले अवरोध यथावत् रहन्छ भनेका छन् । त्यसैगरी एमसीसीबारे पनि सत्तापक्षले नै औपचारिक रुपमा केही नभनेको ओलीको तर्क छ । अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ भन्छन्, ‘हामी त प्रतिपक्षमा छौं, त्यसमा पनि आन्दोलन गरिरहेका छौं । सत्तापक्षले औपचारिक रुपमा नबोलेकाले हामीले केही भनिरहनु परेन । भन्नै परेपनि सत्तापक्षले सरकारका तफर्बाट स्पस्ट धारणा आएपछि त्यस विषयमा आफहरुले पार्टीमा छलपल गर्ने भन्दै प्रधानमन्त्री देउवालाइ फर्काइ दिएका छन ।
यो पनि पढ्नुस ।