14/08/2022

विराट अनलाइन खवर

समाचार राजनीति मानोरञ्जन विचार सुचनाप्रविधि र अरु धेरै खवरको जानकारी

biginer

नोवेल मेडिकल कलेज विराटनगरका विद्यार्थि डाक्टरहरूले आज चक्काजाम गरेका छन् । ।

२३ पुस, विराटनगर । नाेबेल मेडिकल कलेजले एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको विरोधमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीले विराटनगरमा चक्काजाम गरेका छन् ।

विद्यार्थीले काेसी राजमार्गको विराटनगर इटहरी धरान सडक खण्डको कञ्चनबारी चाेकमा चक्काजाम गरेका हुन् । विराटनगरको नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको र नदिने विद्यार्थीलाई कक्षामा प्रवेश निषेध गरेको थियो । अतिरिक्त शुल्क मागेको विरोधमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीले त्यसको विरोध गर्दै आएका थिए । नोवेल मेडिकल कलेज विभिन्न बहानामा एस अघिपनि विवादमा तानिदै आएको थियो ।