14/08/2022

विराट अनलाइन खवर

समाचार राजनीति मानोरञ्जन विचार सुचनाप्रविधि र अरु धेरै खवरको जानकारी

प्रचण्डले दिन सक्छन् यि प्रश्नको उत्तर ?

शहीद परिवार, घाइते र युद्धमा सहभागी मानिसहरूलाइ माओबादलाइ लिएर हिडेका नेता कम्रेडहरु यो कुरा ज्ञन हुन जरुरीनै ठानेनन् । अरुले त यकायक क प्रचण्ड पनि यसका मतियार भए । यो कथा हैन बास्तविक्ता हो । एउटा मित्रको जीवन कथा आखिर उस्ले विद्धोह गर्ने निधो गर्यो तर उ कहा जाँन्छ ? सही र गलत छुट्याउन विवेकको प्रयोग गर्नुपर्छ ।स्कूल जाने झोला बिसाएर धादिङ जोगिमाराका कृष्णबहादुर थपलियाले बन्दोबस्तीको सामान भरिएको झोला बोक्न थाले । पाँच कक्षा पढ्दै गरेका उनी त्यही झोला बोकेर तत्कालीन नेकपा माओवादीले शुरु गरेकाे जनयुद्धको पूर्णकालीन सदस्य बने र स्कूल पढाइको सिलसिलालाई त्यहीं बिट मारे ।न अभिभावकले विवेक पुर्‍याए, न पार्टीका नेताले । विवेकको संकटका बीच उनले आफ्नो भूमिगत नाम ‘विवेक’ नै रोजे । भूमिगत पार्टीमा उनी अब कृष्णबहादुर थपलिया भन्दा धेरै ‘विवेक’ नामबाट चिनिन थाले ।विवेकको बुझाइमा राजनीतिप्रति वितृष्णा बढ्नुका पछाडि नेताहरूको कार्यशैली र जीवनशैली जिम्मेवार छ । ‘गाउँबाट सांसद भएर काठमाडौं छिरेका नेता केही महीनामा महँगा गाडी लिएर गाउँ जान्छन्’ उनी भन्छन्, ’काठमाडौंमा त मतलब नहोला तर गाउँमा को कस्तो भन्ने सबैले चिनेका हुन्छन् ।विद्यार्थी राजनीति गर्दै सेनाको कमाण्डरसम्म बने । सेना छाडेर भूगोलमा फर्कंदा उनी कम्पनी कमाण्डर थिए । ‘म माओवादीमा हिंडेको धनी र गरीबको छोराले एउटै स्कूलमा पढ्न पाउँछ, बिरामी हुँदा उस्तै उपचार पाउँछ अर्थात् समानता हुन्छ भनेर हो’ उनको बुझाइ छ, ‘तर हेर्दै आउँदा यस्तो भएन । जनताको जीवनसँग जोडिने पार्टी बनेन । पार्टी अनुशासित बनेन । गुट–उपगुट भए । पैसाको चलखेल चल्न थाल्यो । अनेक विकृति विसंगति भित्रिए । युद्धको बेला जस्तै अनुशासित पार्टी बनोस् । बन्नुपर्छ ।’

माओवादीको आठौं महाधिवेशन चलिरहेको छ । उनी पनि सहभागी छन् प्रतिनिधिको रुपमा । ‘यो महाधिवेशनले स्पष्ट कार्यदिशा ल्याउन सकोस् । आगामी दिनमा पार्टीभित्र पैसा र पावरमा होइन संगठन र नीतिमा ध्यान देओस् । कमिटी प्रणालीलाई पछ्याओस्’, बस् अन्यथा अव क प्रचण्डहैन ति योद्धाको नेतृत्वो प्रचण्डले स्विकार्नु पर्ने दिन नआओस ।