अल्पसंख्यक श्वेतहरुबाट दक्षिण अफ्रिकामा हुँदै आएको रंगभेदी शासन विरोधी नेल्सन मण्डेला जतिकै टुटुको आवाजलाई महत्त्वपूर्ण रुपमा लिने गरिएको थियो । रंगभेदी शासनको अन्त्यपछि टुटुलाई सत्य तथा मेलमिलाप आयोगको प्रमुख बनाइएको थियो ।
दक्षिण अफ्रिकाका सबै जातका मानिसले उनलाई राष्ट्रिय आस्थाको रुपमा लिने गरेका थिए । टुटुले रंगभेद विरोधी अहिंसात्मक आन्दोलनको नेतृत्व गर्दै आएको भन्दै सन् १९८४ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।दक्षिण अफ्रिकाका नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटुको निधन भएको छ।
टुटुको ९० वर्षको उमेरमा आइतबार केप टाउनमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पुष्टि गरेका छन् ।
उनी सन् १९८६ देखि १९९६ सम्म दक्षिण अफ्रिकाको आर्क बिसप थिए । दक्षिण अफ्रिकाको रंगभेद विरोधी अभियन्ता टुटु किङ्स कलेज लन्डनमा अध्ययन गरेका थिए ।
मण्डेलासहित नेताहरु जेलमा रहेको समयमा टुटुले विभिन्न देशको भ्रमण गर्दै आफ्ना धारणा राख्ने गरेका थिए ।
सन् १९९७ मा प्रोस्टेट क्यान्सर भएको पत्ता लागेपछि टुटू सन् २०१५ देखि धेरै पटक अस्पताल भर्ना भएका थिए । टुटुका ६६ वर्षकी श्रीमती र चार छोराछोरी छन् ।शाभार देश सञ्चार बाट
More Stories
यदि तपाई सहकारीमा पैसा जम्मा गर्दैहुनुहुन्छ भने सोच्नुहोस है । कतै आफ्नो पैसा लिनको लागि आन्दोलन त गर्नु पर्दैन ?
इटहरी उप महानगर प्रमुखले गरेको प्रतिवद्धतामा उप प्रमुखले हस्ताक्क्षर नगर्नुको कारण यस्तो रहेछ ।
स्वास्थ्य प्रोटोकल मिचेको भन्दै प्रधानमन्त्रीको राजिनामा माग