14/08/2022

विराट अनलाइन खवर

समाचार राजनीति मानोरञ्जन विचार सुचनाप्रविधि र अरु धेरै खवरको जानकारी

सभापतिको उम्मेद्वारी दिएका काग्रेस नेता पाँच मध्य तिन चुनावि मैदान बाट बाहिर

नेपाली काग्रेसको आगामि सभापति पदकालागि पाँच जनाको उम्मेद्धारी परेको थियो । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाले  हालसम्म १९९५ मत पाएका छन् ।

अर्का उम्मेदवार शेखर कोइरालाले १५४२ मत पाएका छन् ।कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ ।  कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।कुनै पनि उम्मेदवारले यो मत पाए विजयी हुनेछ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, चौथो स्थानमा रहेका बिमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ भने सभापतिको दौडबाट बाहिरिएका छन् ।तस्विर अनलाइन खवर बाट