१८ भदौ, काठमाडौं । पर्वतका बिभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् ।
लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका ३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेका छन् ।
पहिरोमा पुरिएका एकै घरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ । घरका ३ जना वेपत्ता रहेकाले खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।
यस्तै कुश्मा नगरपालिका ११ पकुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेल रहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए ।
यस्तै मोदी गाउँपालिका ५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीय ठुलीमाया थापाको पनि मृत्यु भएको छ ।शाभार अनलाइन खवर बाट
More Stories
स्वास्थ्य प्रोटोकल मिचेको भन्दै प्रधानमन्त्रीको राजिनामा माग
भिडियो खिचे कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी
संविधानको छिद्र खोजेर स्थानीय तहको चुनाव सार्ने प्रयास नहोस् : खिमलाल देवकोटा