आज राती करिब ९ बजे भएको दुर्घटनामा विराटनगरको बरगाछी चौकमा रहेको कंक्रिट स्तम्भ भत्किएको छ ।
उत्तरबाट दक्षिण तर्फ आइरहेको ना ७ ख १४३७ नम्बरको ट्रकले स्तम्भमा ठक्कर दिदाँ उक्त दुर्घटना भएको थियो ।
दुर्घटनामा चालक सामान्य घाईते भएको जानकारी प्राप्त भएको छ ।
यो हो बिराटनगर धरान ६ लेनको हाइ- वे । चाैकको नाम हो बरगाछी । मुर्ख शासक प्रशासक भएको देशमा गँजेडी ट्राफिक पुलिस । बिराटनगरको प्रख्यात पत्रिका उदघोषमा मैले उल्लेख गरेको थिएँ कि कुनै पनि सडकको बिचमा सालिक ( देवकोटा चाैक , त्रिमूर्ति चाैक ) , फोहरा ( मोरंगको सिडियो अफिस अगाडि ) , मन्दिर ( सिरहा जिल्लाको अनेकौं ठाउँमा ) बनाउन पाइदैन / मिल्दैन । अमेरिकामा १० वर्षको दाैरान बसमा चढेर ३०-३५ राज्य घुम्दा यस्ता संरचना कतै भेटिन । कारण :
उसको नि:शुल्कमा वितरण गर्ने Driver Licence को किताबमा यस्ता संरचनाले दृष्टिभंग ( Illution / Dellution ) हुन्छ । अर्थात् डोरीलाई राति सर्प ठान्नु दृष्टिभंग / दृष्टिभ्रम हो ।
फेरि बरगाछीमा ढलेको संरचनाको उपादेयता के ? त्यसको रंगले झन दृष्टिभंग वा भ्रम हुन्छ । अत: यस्ता संरचना Against of international traffic law अन्तर्गत पर्दछ ।यस्ता संरचना जतिसुकै बलियो भएपनि बनाउन पाइदैन । अरबाै खरबाै निर्माण खर्च गरेर बनाइएको सडकमा प्रयाप्त ट्राफिक संकेत चिन्हहरु छैन । बिराटनगरको भित्री सडकमा कही कतै यस्ता संकेत छैन । जबकि यी सालाहरु सबै युरोप अमेरिका घुमेका छन ।
अन्त्यमा ,Precaution for motorcycle rider . प्लिज पैदल , साइकल वा मोटरसाइकलमा हुनुहुन्छ भने सेतो लुगा धारण गर्नुहोला । अन्यथा , राति दुर्घटनामा परिनेछ ।
नाेट : यो भत्काउनेलाई बिलकुल कारबाही नगरेर यो संरचना बनाउन आदेश दिनेलाई दण्डित गर्न सिफारिस गर्दछु । OB खबर बाट शाभार गरीयको हो ।
More Stories
स्वास्थ्य प्रोटोकल मिचेको भन्दै प्रधानमन्त्रीको राजिनामा माग
भिडियो खिचे कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी
संविधानको छिद्र खोजेर स्थानीय तहको चुनाव सार्ने प्रयास नहोस् : खिमलाल देवकोटा