राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले झन्डै दुई तिहाइ मत ल्याएको नेकपाले राजनीतिक स्थिरता दिन नसकेको बताएका छन । राजनीतिक हिसाबले सरकार अस्थिर भएपछि विकास निर्माणका काम हुन नसकेको निचोड निकालेर संविधानपछिको निर्वाचनमा सबै दल त्यसैलाई मुद्दा बनाएर गए पनि गति नलिएको उनको भनाइ
नेपाली जनताले पूर्ण कार्यकाल बिताएको लोकतान्त्रिक सरकार अहिलेसम्म देख्न नपाउनु विडम्बना रहेको तिमिल्सिनाले बताए । ‘१५ सालमा सरकार मात्र होइन व्यवस्था नै गयो । २०४८ सालको बहुमतको सरकार मध्यावधिमा गयो,’ उनले भने, ‘गत निर्वाचनमा पनि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मोर्चा बनाएर गएकाले बहुमत ल्याए । तर अहिले फुटको संघारमा पुगेको छ ।
पत्रकार महासंघ कास्कीको पन्ध्रौं साधारणसभामा शुक्रबार तिमिल्सिनाले अहिलेको अवस्था नेपाली जनताले नचाहेको र राष्ट्रको हितमा पनि नभएको बताए । अहिले चुनाव हुँदै हुँदैन भन्न नहुने र चुनाव हुने/नहुने अदालतमा भर पर्ने उनले बताए । ‘अदालतले चुनाव भन्यो भने हुँदैन भन्ने किन प्रश्न गर्ने ? चुनाव हुनुपर्छ, हुन्छ–हुन्छ भनेर जानुपर्छ,’ उनले भने, ‘किनकि चुनाव गराउनै पर्छ । अहिल्यै आशंका गर्दै गएमा चुनाव नगराउने अस्थिरता चाहने तत्त्वलाई बल पुग्छ ।’ प्रतिनिधिसभा विघटनको विषय अहिले सर्वोच्चमा विचाराधीन रहेकाले जे फैसला हुन्छ, सबैले मान्नुपर्ने तिमिल्सिनाले बताए ।https://ekantipur.com/news/2021/01/15/16106900956927554.html
More Stories
स्वास्थ्य प्रोटोकल मिचेको भन्दै प्रधानमन्त्रीको राजिनामा माग
भिडियो खिचे कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी
संविधानको छिद्र खोजेर स्थानीय तहको चुनाव सार्ने प्रयास नहोस् : खिमलाल देवकोटा