१८ पुस, बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य दधिराम न्यौपाने (माधव शर्मा) नेपाल ओली समूहमा लागेका छन् । रुपन्देही-१ बाट निर्वाचित उनी एक साताअघि प्रचण्ड-नेपाल समूहको रुपन्देही जिल्ला भेलामा सहभागी भएका थिए ।
माओवादी पृष्ठभूमिबाट आएका उनी प्रदेश सभाको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति पनि हुन् ।
शुरुमा प्रतिनिधि सभा विघटन असंवैधानिक हो कि भन्ने लागेर प्रचण्ड-नेपाल समूहको भेलामा गएको तर अध्ययन गर्दै जाँदा ओलीको कदम सही लागेको उनले प्रतिक्रिया दिए । विचार र दृष्टिकोणमा दुबै समूहमा फरक नभएको उनले बताए ।
प्रचण्ड-नेपाल समूहका नेताहरुले भने मन्त्री बनाउने आश्वासन पाएर न्यौपाने ओली समूहमा लागेको दावी गरेको छ । ‘धेरैलाई मन्त्रीको लोभ देखाइएको छ । त्यही भएर उहाँ असंवैधानिक कदम चाल्नेहरुको पक्षमा लाग्नुभयो’ एक नेताले भने ।
प्रदेशसभामा नेकपाका ६१ सांसद छन् । पूर्वमाओवादी खेमाका २० जनामध्ये १८ जना प्रचण्ड-नेपाल पक्षमा छन् । गुल्मीका दिनेश पन्थी पर्ख र हेरको अवस्थामा छन् । यद्यपि ओली समूहले पन्थी पनि आफ्नो पक्षमा आएको दावी गरेका छन् ।
पूर्व एमालेबाट निर्वाचित ४१ जनामध्ये कपिलवस्तुका विष्णु पन्थी मात्रै खुलेर प्रचण्ड-माधव समूहमा खुलेर लागेका छन् । माधव समूह निकट भनिएमा ९ जना खुलेर आएका छैनन् । कृषि मन्त्री आरती पौडेल र उपसभामुख कृष्णी थारु वामदेव गौतम निकट मानिन्छन् । मुख्यमन्त्री शंकर पोखरेल ओली समूहमा छन् । ८७ जना प्रदेशसभा सदस्य रहेको लुम्बिनी प्रदेशमा आफ्नो सरकार टिकाई राख्न उनलाई कम्तिमा ४४ सांसद चाहिन्छ ।Source
More Stories
स्वास्थ्य प्रोटोकल मिचेको भन्दै प्रधानमन्त्रीको राजिनामा माग
भिडियो खिचे कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी
संविधानको छिद्र खोजेर स्थानीय तहको चुनाव सार्ने प्रयास नहोस् : खिमलाल देवकोटा