२८ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय युवा संघ नेपालले सांसद सरिता गिरीलाई कारबाही गर्न माग गरेको छ ।
राष्ट्रिय युवा संघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै जनता समाज पार्टीकी नेतृ समेत रहेकी गिरीले संसदमा दिएको अभिव्यक्ति असंवैधानिक, राष्ट्रहित प्रतिकुल एवं देशको स्वाभिमानमाथि आँच आउने खालको र राष्ट्रहित विपरितको हर्कत भएको भन्दै कारबाहीको माग गरेको हो ।युवा संघले भनेको छ, ‘यस्तो गैर आचरण र कार्य गर्ने निजलाई कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’
राष्ट्रिय युवा संघले यस्तो गैर जिम्वेवार व्यक्तिलाई संसद सदस्यबाट अविलम्व फिर्ता वोलाउन सम्वन्धित राजनीतिक दलसँग आग्रह समेत गरेको छ ।
नेतृ गिरीले संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हीत र सीमानाको सुरक्षा विपरित अभिव्यक्ति दिएको भन्दै युवा संघले आपत्ति जनाएको हो ।source
More Stories
यदि तपाई सहकारीमा पैसा जम्मा गर्दैहुनुहुन्छ भने सोच्नुहोस है । कतै आफ्नो पैसा लिनको लागि आन्दोलन त गर्नु पर्दैन ?
इटहरी उप महानगर प्रमुखले गरेको प्रतिवद्धतामा उप प्रमुखले हस्ताक्क्षर नगर्नुको कारण यस्तो रहेछ ।
स्वास्थ्य प्रोटोकल मिचेको भन्दै प्रधानमन्त्रीको राजिनामा माग