१ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् ।
संघको नयाँ कार्यकालका लागि बिहीबार भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी बनेका हुन् ।
मतगणना सकिए पनि मतपरिणाम भने औपचारिक रूपमा घोषणा हुन बाँकी छ ।
गोरखा फुजेलका स्थायीबासिन्दा पन्त सन् सन् १९९९ देखि जर्मनीमा व्यवसायरत् छन् । पन्त यसअघि एनआरएनएको दुई कार्यकाल उपाध्यक्ष थिए ।
पन्तले आफू उम्मेदवार हुँदै गर्दा लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताका पाँच मन्त्रसमेत सार्वजनिक गरेका थिए । उनले आफूले गरेका प्रतिबद्धता पूरा गर्ने प्रतिक्रिया दिएका छन् ।
उपाध्यक्षमा बद्री केसी, सोनाम लामा, अर्जुनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । बाँकी दुई उपाध्यक्षहरूको भने मतपरिणाम आइसकेको छैन । महासचिव र सचिवको मत परिणाम पनि सार्वजनिक हुन बाँकी छ ।
More Stories
यदि तपाई सहकारीमा पैसा जम्मा गर्दैहुनुहुन्छ भने सोच्नुहोस है । कतै आफ्नो पैसा लिनको लागि आन्दोलन त गर्नु पर्दैन ?
इटहरी उप महानगर प्रमुखले गरेको प्रतिवद्धतामा उप प्रमुखले हस्ताक्क्षर नगर्नुको कारण यस्तो रहेछ ।
स्वास्थ्य प्रोटोकल मिचेको भन्दै प्रधानमन्त्रीको राजिनामा माग