इटहरी र जनकपुरमा प्रदशन भएको र मिटर व्याज र ठगीका कारण तमाम किसानाहरु क्रमशः भूमीहिन किसान बन्दै गएको गुनासो ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति र बृहत् नागरिक आन्दोलनले बिहीबार जनकपुरमा प्रदर्शन गरेको छ ।
जनकपुरस्थित मुख्यमन्त्री कार्यालय अगाडि भएको प्रदर्शनमा संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले साहु-महाजनले फर्जी कागजातको भरमा अदालतमार्फत किसानलाई भूमिहीन बनाइरहेको आरोप लगाए ।
यसअघि सरकारले संघर्ष समितिसँग गरेको ५ बुदे सहमति कार्यान्वयन नगरेर किसानलाई धोका दिएको प्रवक्ता निर्ग नवीनले बताए । कार्यक्रममा सामाजिक अभियन्ता डा. कृष्ण पौडेलले हाल किसान र मजदुरले बहुआयामिक समस्या सामना गरिरहेको बताएका थिए । अनलाइन खबर बाट साभार गरिएको समाचार पढ्नुहोस ।